AdAd
Ad

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दै, स्वचालित भनिएपनि आयल निगमले मूल्य समायोजन गरेन Featured

काठमाडौं, ३ मंसीर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउने क्रम जारी छ । गत महिना ८५ डलर प्रतिब्यारेल रहेको कच्चा तेल (ब्रेन्ट क्रुड आयाल) को मूल्य अहिले ७८.४७ डलरम झरेको छ । गत अगस्ट महिनादेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लाग्न शुरु भएको हो । अगस्टमा तेलको मूल्य ओरालो लाग्न शुरु हुँदा एक सय डलर प्रति ब्यारेल नाघेको थियो । सामान्यतः यो अवधिमा तेलको मूल्यमा क्रमशः गिरावट आइरहेको छ । प्रतिब्यारेलमा झण्डै १५९ लिटर हुन्छ ।
तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आइहेकाले नेपाल आयल निगमले भारतीय आयल निगम –आइओसी) सँग किन्ने तेलको मूल्य पनि घटेर आइरहेको छ । आइओसीले हरेक अंग्रेजी महिनाको पहिलो र १६ औं दिनका दिन अन्तर्राष्ट्रिय बजार मूल्य अनुसारको मूल्यसूची नेपाललाई पठाउने गर्छ । निगमले पनि नेपालमा अन्तर्राष्ट्रिय मूल्य अनुसार नै मूल्य समायोजन गर्ने भनेर गत सेप्टेम्बरको अन्तिम साता तेलको मूल्य सामान्य घटाएपनि त्यसयता जम्मा दुईपटक मात्र मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलियममा स्वचालित मूल्य पद्धति लागू गरेयता आइओसीबाट चार पटक अन्तर्राष्ट्रिय मूल्य अनुसारको सूची प्राप्त गरेकोमा जम्मा दुईपटक मात्र हेरफेर भएको छ ।
अहिले निगमले ग्यास बाहेकका सबै पेट्रोलियम पदार्थ नाफामा बेचेर ग्यासको घाटा समेत पूर्ति गरी १७ करोड १५ लाख रुपैयाँ नाफा गर्छ । निमगले बेच्ने पेट्रोलमा ११.६९, डिजेलमा ०.८६, मटीतेलमा १८.५३ प्रतिलिटर रुपैयाँ नाफा छ । त्यस्तै, हवाइ ईन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ६०.२९ रुपैयाँ र आन्तरिकमा प्रतिलिटर ४७.६० रुपैयाँ नाफा रहेको छ । जसले ग्यासमा प्रतिसिलिण्डर ४९१.८६ रुपैयाँ घाटालाई पूर्ति गरी सो नाफा आर्जन भएको हो ।
किन लागू भएन स्वचालित मूल्य ?
निगमले स्वचालित मूल्य भने पनि आयल निगमको सञ्चालक समितिले मात्र इन्धनको मूल्य हेरफेर गर्न सक्छ । “व्यवस्थापनलाई अधिकार प्रत्यायोजन नगरिएकाले वाणिज्य सचिव उपस्थित नभइ आयल निगमको बैठक बस्दैन, त्यसैले नोभेम्बर १६ को मूल्य अनुसार इन्धनको मूल्य समायोजन हुन नसकेको हो,” निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने । आयल निगमले मूल्य समायोजन गर्ने र इन्धनको मूल्य घट्ने भएपछि डिलरहरुले निगमका डिपोसँग अत्यन्त कम मात्रामा पेट्रोलियम उठाइरहेका छन् । इन्धन सञ्चय गरी घटेको मूल्यमा बेच्दा डिलरलाई घाटा हुने भएकाले कम इन्धन खरिद हुने भएको हो । जसले गर्दा उपभोक्ताले सहजै इन्धन नपाउने र सरकारी पम्पहरुमा लाइन बस्नुपर्ने बाध्यता टड्कारो देखिएको छ । उपभोक्ता अधिकारकर्मीहरुले यस्तो समस्या इन्धनको मूल्य वृद्धिको बेला अझ बढ्ने र पम्पहरुले तेल सञ्चय गरी बढेको मूल्यमा बेच्न खोज्ने हुनाले समस्या विकराल हुनसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top