AdAd
Ad

अर्थमन्त्रीः उदारीकरण भनेको सरकार कमजोर हुनु होइन, गभर्नरः हामी डिक्टेटर हुनु पर्छ भन्दैनाै

काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतले नयाँ बन्न लागेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले सबै पक्षलाई उत्तिकै महत्व दिनु पर्ने बताएका छन्। उनले कुनै पक्षलाई बलियो र अर्को पक्षलाई कमजोर बनाउनु नहुने बताए।

‘राष्ट्र बैंकले पनि नियमन र सुपरिवेक्षणको नाममा माइक्रो म्यानेजमेन्टमा जाने काम गर्नु हुँदैन,’ बैंकर्स संघले ऐनको मस्यौदामाथि छलफल गर्न आइतबार आयोजना गरेको कार्यक्रममा डा. महतले भने, ‘र बैंकहरुले पनि आफ्नो नर्मभन्दा वाहिर फ्रिडम खोज्नु हुँदैन। यसमा सन्तुलनको आवश्यकता पर्छ।’

अर्थमन्त्रीले सबैको अपनाउन सक्ने गरी ऐन तयार हुनु पर्ने बताए। उनले सबैलाई स्वतन्त्र छाडिदिने नाममा नियामकको अधिकारमा कमी आउन नहुने बताए।

‘नियमन त हुँनै पर्छ। उदारीकरण भनेको कतिपयलाई भ्रम पनि छ सरकार कमजोर हुनु हो भनेर। यो होइन,’ उनले भने, ‘सरकार कमजोर भयो भने, नियामक कमजोर भए भने उदारीकरणको नीतिले काम गर्न सक्दैन। मलाई के लाग्छ भने बलियो नियामक निकाय हुनै पर्छ।’

राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले आफूहरु माइक्रो म्यानेजमेन्टको पक्षमा नरहेको बताएका छन्। …अघिल्लो पटक ऐन छलफल गर्दा साना साना विषयहरु ऐनमा राख्न खोजिएको थियो। हैन माइक्रो म्यानेजमेन्टको बिषय ऐनमा राख्न हुन्न भनेर हामीले भन्यौं। कतिपय विषय अगाडि वढ्न सकेन,’ उनले भने।
उनले राष्ट्र बैंकको उद्देश्य सुशासन, वित्तीय स्थायित्व र आर्थिक बृद्धि रहेकाले यसकालागि राष्ट्र बैंकले आवश्यक कदमहरु चाल्ने गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top