AdAd
Ad

अर्थमन्त्री महत र जाइका उपाध्यक्ष कोरोयांगीबीच भेटवार्ता

काठमाडौं, कार्तिक २५ । अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहनुभएका जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयांगीबीच अर्थमन्त्रालयमा सोमबार औपचारिक भेटघाट तथा छलफल भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)का उपाध्यक्ष कुरोयानागी तथा जाइकाकै दक्षिण एसिया हेर्ने उपमहानिर्देशक कात्सुओ मात्सुमोतो जाइकाको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रत्यक्ष अवलोकनका लागि आइतबारदेखि चारदिने नेपाल भ्रमणमा आएका हुन् । नेपालमा रहँदा सहायता रणनीतिका बारेमा सरकार तथा सम्वन्धित अन्य निकायहरुसँग छलफलको कार्यक्रम रहेको छ ।
भेटमा अर्थमन्त्री महतले नेपाल र जापानबीच उच्चस्तरको द्विपक्षीय सम्वन्ध रहेको चर्चा गर्दै जाइका नेपालको आर्थिक सामाजिक विकासको लागि सक्रिय साझेदारको रुपमा रहेको बताउनुभयो ।
जाइकाले विशेषगरी नेपालको पूर्वाधारको विकास, संस्थागत विकास, शान्ति प्रक्रियाको सुदृढीकरण तथा ग्रामीण क्षेत्रको गरिबी घटाउने काममा उल्लेख्य सहयोग गरेको चर्चा गर्दै अर्थमन्त्री महतले सरकारको प्राथमिकता राजनीतिक स्थिरताका लागि सबैभन्दा पहिला संबिधान जारी गर्नु र आर्थिक सामाजिक विकासमा केन्द्रित हुनु रहेको बताउनुभयो । “लगानीको वातावरण निर्माणका लागि सरकार क्रियाशील रहेको छ,” अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा उद्योगका क्षेत्रमा लगानी गर्न वातावरण सहज बन्दै गएको छ ।”
अर्थमन्त्री महतले जाइकासँग नेपालको उद्योग तथा वाणिज्यका क्षेत्रमा सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो । अर्थमन्त्री डा महतले जापानी स्वयंसेवकहरुले नेपालको कृषि क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएको भन्दै उर्जा र पूर्वाधारमा जापानी सहयोगको स्मरण गर्नुभएको थियो ।
सो अवसरमा जाइकाका उपाध्यक्ष कुरोयानागीले संबिधान निर्माण र विकासका लागि सरकारका एजेण्डाहरुबारे जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top