AdAd
Ad

आईएफसी र जीएमआर बिच माथिल्लो कर्णालीको लगानीमा सम्झौता सोमबार, आईएफसीले १० प्रतिशत सेयर लगानी गर्ने

काठमाडौं, ५ पौष । माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई लगानी जुटाउन आगामी सोमबार जीएमआर र आईएफसीबीच सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैंक अन्तर्गतको निजी क्षेत्रमा लगानी गर्ने संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन आईएफसीले १० प्रतिशत सेयर लगानी गर्नेछ ।

अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटी आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले सो कुराको जानकारी दिएका हुन् । जानकारी अनुसार १० प्रतिशत सेयर लगानीका साथै आईएफसीले उक्त परियोजनालाई आवश्यक पर्ने अन्य स्रोत पनि जुटाइदिने भएको छ । कन्ट्री मेनेजर केलहोफरले भने, ‘अब स्रोतको अभाव हुने छैन । हामीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर पनि केही स्रोतको व्यवस्था गर्नेछौं ।’ आईएफसी लगायत अन्य संस्थाहरुबाट माथिल्लो कर्णालीको लगानीका लागि स्रोतको व्यवस्था गरिने छ । उनले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी दिए ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top