AdAd
Ad

आजबाट धेरै भिडभाड हुने सरकारी कार्यालय दुई सिफ्टमा संचालन, सेवाग्राहीलाई राहत कर्मचारीलाई सास्ती

काठमाडौं, १ पौष । सरकारले पौष १ गते बाट सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालयहरुलाई दुई सिफ्टमा संचालनमा ल्याएको छ ।
पहिलो चरणमा काठमाण्डौ उपत्यका सहित मोरङ, रुपन्दही, बाँके र कैलाली जिल्लाहरुमा सेवाग्राहीहरुको भिडभाड हुने सरकारी कार्यालयहरुमा बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खोल्ने निर्णय गरेको हो ।
यस अघि बिहान १० बजे देखी ५ बजे सम्म खुल्दै आएका सरकारी कार्यालयहरु दुई सिफ्टमा संचालनमा ल्याउँदा सेवाग्राहीहरुलाई राहत मिल्ने सरकारको तर्क रहेको छ ।
सेवाग्रहीहरुको भिड हुने सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, सवारी चालक अनुमति पत्र वितरण केन्द्र, नापी कार्यालय, खानेपानी, विद्युत, टेलिफोन महशुल बुझाउने कार्यालयहरु तथा श्रम कार्यलय लगायतका रहेका छन् ।
सेवाग्राहीहरुको भिडभाड संगसंगै भष्ट्रचार अखडाका रुपमा रहेका कार्यलयमा काम दुई सिफ्टमा काम गर्ने कर्मचारीलाई सरकारले अतिरिक्त भत्ताका साथै खाना खर्चको समेत व्यवस्था नगरिएकाले यो प्रभावकारी हुन नसक्ने ठम्माई सर्वसाधारण तथा स्वयं कार्यलयमा कार्यरत कर्मचारीहरुको समेत रहेको छ ।
नेपालको निजामती क्षेत्रमा कार्मचारी अपुगको समस्या यथावत रहेको अवस्थमा सरकारले बिना पुर्व तयारी दुई सिफ्टमा जनतालाई सेवा दिने निर्णय कार्यान्वयन गराउँदा र अतिरिक्त भत्ता तथा खानाको व्यवस्था नगर्दा कार्मचारीहरुमा काम गर्ने मानोबल कम हुदै जाने र अनियमितता बढ्दै जाने खतरा बढेको छ ।
पहिलो सिफ्ट विहान ६ बजे देखी १२ बजे सम्मको रहने छ १२ बजे सम्म कर्मचारीहरुलाई खाना खाने समयका पनि निर्धारण गरिएको छैन् । त्यस्तै दिउँसो १२ बजे देखी बेलुका ६ बजे सम्मको सिफ्टका कार्मचारीहरुलाई जाडो मौसममा निकै सास्ति व्यहोर्नु पर्ने देखिएको छ । बिहान झिसमिसेमा नै कार्यालय पुग्दा सेवाग्राहीहरुको आगमन कम हुने हुँदा बिहानका कार्मचारीहरुलाई केही राहत मिले पनि दिउँसोको सिफ्टमा काम गर्ने कर्मचारीहरुमा भ्याईनभ्याई हुने गर्छ । सिफ्ट प्रणाली लागु भएसंगै कर्मचारी कटौती हुने पक्का छ । जसले गर्दा दिउँसोका सिफ्टका कर्मचारीहरुलाई मर्का पर्ने देखिएको छ ।
वैज्ञानिक र व्यावहारीकताका विषयमा अध्याननै नगरी गरिएको यस खालको प्रणाली सफल हुनेमा शंका पैदा भएको देखिन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top