AdAd
Ad

आनमा नयाँ अध्यक्ष, सन्तोष श्रेष्ठले बाजी मारे

काठमाडौं, ४ पौष । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । अघिल्लो कार्याकालमा महासचिव रहेका श्रेष्ठ विहीबार भएको विज्ञापन व्यावसायीहरुको चुनाव बाट अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावमा श्रेष्ठप्यानलका अघिकान्स ले विजय हासिल गरेका छन् ।
शुक्रबार विहान भएको मत परिणमको घोषणा अनुसार श्रेष्ठले १ सय ३७ मत पाएका थिए भने अर्का प्रत्याशी रविन्द्र कुमार रिजाल (शसि)ले १ सय १८ मत पाएका थिए ।
संघको कार्यसमितिका लागि दुई समूह बिच निर्वाचन भएको थियोे । घोषित परिणाम अनुसार श्रेष्ठ समूहका सात जना र रिजाल समूहका पाँच जना निर्वाचित भएका हुन् ।
अध्यक्ष निर्वाचित भएपछि श्रेष्ठले सम्पुर्ण विज्ञापन व्यावसायीहरुको जित भएकाले सबैलाई मिलाएर अगाडी बढ्ने बताए । यस्तै ५ अर्बको नेपाली विज्ञापन बजारलाई बढाएर १० अर्बको पुर्याउने र आफ्नै भवन निर्माण गरिने समेत उनले बताएका छन् । साथै विज्ञापन व्यावसायलाई अझै मर्यादित गरी सरकारी निकायका र आमसंचारका माध्यमहरुसंग सम्वन्यय गरी अगाडी बढ्ने उनको भनाई रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top