AdAd
Ad

आयल निगमले तेलको मूल्य घटायो, अब पेट्रोल १२५.५० रुपैयाँ, डिजेल, मटीतेल ९९.५० रुपैयाँ प्रतिलिटर

काठमाडौं, ९ मंसीर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमको सोमबार बेलुका बसेको सञ्चालक समितिले गरेको मूल्य समायोजनपश्चात् पेट्रोल २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटीतेल २ रुपैयाँ प्रतिलिटर सस्तो भएको छ ।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । आजदेखि लागू भएको नयाँ मूल्य अनुसार पेट्रोल १२५.५० रुपैयाँ, डिजेल, मटीतेल ९९.५० रुपैयाँ प्रतिलिटरमा बिक्रीवितरण हुनेछ ।
गत महिना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लागेकाले मूल्य घटाएपनि निगमलाई गत कात्तिक महिनाको तुलनामा मासिक नाफा वृद्धि हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । “अहिलेको मूल्य सूची अनुसार निगमको मासिक नाफा १८ करोड १७ लाख हुनेछ भने अघिल्लो महिना यस्तो नाफा १७ करोड १५ लाख रुपैयाँ रहेको थियो,” घिमिरेले भने ।
अहिले निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम नाफामा बेचिरहेको छ । खाना पकाउने ग्यासमा भने निगमलाई प्रतिसिलिण्डर ४९१.८६ रुपैयाँ घाटा रहेको छ ।
निगमले गत असोज महिनादेखि लागू गरेको स्वचालित मूल्य पद्धति अनुसार हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगमबाट मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गर्ने उद्घोष गरिएको थियो । त्यसका लागि मन्त्रिपरिषद्ले स्वचालित मूल्य पद्धतिमा जान निगमलाई अनुमति पनि दिएको थियो ।
तर अहिले पनि वाणिज्य तथा आपूर्ति सचिवले नेतृत्व गर्ने निगम सञ्चालक समितिलाई मात्र मूल्य समायोजन गर्ने अधिकार छ । स्वचालित मूल्य पद्धति भनिएपनि निगम व्यवस्थापनले अधिकार प्राप्त नगरेको र स्वचालित मूल्य सम्बन्धि कुनै सूत्र नभएकाले इन्धनको मूल्यमा पूर्ण रुपमा स्वचालित पद्धति लागू हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top