AdAd
Ad

आयल निगमले पेट्रोलियमको मूल्य घटाउँदै Featured

काठमाडौं, २ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः घटाउँदैछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लागेपछि निगमले सोही अनुसार मूल्य समायोजन गर्ने क्रममा भारतीय आयल निगम (आइओसी) ले डिसेम्बर १६ मा पठाएको मूल्य अनुसार मूल्य समायोजन गर्न लागेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । निगमले आइओसीले हरेक अंग्रेजी महिनाको पहिलो र १६औं दिनमा पठाउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्ने गरेको छ । निगमका अनुसार डिसेम्बर १६ को मूल्य सूचीमा पेट्रोलियमको मूल्य अझै घटेर आएको छ भने खाना पकाउने ग्यासको मूल्य पनि घटेको छ । अहिले निगमले खाना पकाउने ग्यास बाहेक सबै पेट्रोलियम नाफामा बेच्दै आएको छ भने पछिल्लो मूल्य सूची अनुसार खाना पकाउने ग्यासको घाटा अझै कम हुनेछ ।
निगमलाई अहिले १२३ रुपैयाँ प्रतिलिटर खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ११ रुपैयाँ २४ पैसा नाफा रहेको छ । स्वचालित मूल्य पद्धति अनुसार निगमले २ प्रतिशत तलमाथि मात्र मूल्य समायोजन गर्न सक्छ यस अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ ५० पैसासम्म मात्र मूल्य घटाउन सक्छ ।
तर अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेकाले अहिले तेलको मूल्य सोही अनुसार समायोजन गर्न माग भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नोभेम्बर मध्यसम्म प्रतिब्यारेल ७५डलरभन्दा माथि रहेको कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल ५९.८६ डलर मा झरेको छ ।
त्यस्तै अहिले डिजेलमा निगमले एक रुपैयाँ ५० पैसा नाफा राखेर ९७ रुपैयाँ ५० पैसा बिक्री मूल्य तय गरेको छ । निगमले लागू गरेको स्वचालित मूल्य पद्धछि अनुसार निगमले डिजेलमा २ रुपैयाँसम्म मूल्य समायोजन गर्न सक्छ ।
निगमका अधिकारीहरुका अनुसार निगमले आज पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा दुई रुपैयाँसम्म मूल्य घट्न सक्ने बताइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top