AdAd
Ad

आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण Featured

काठमाडांै, कार्तिक २५ । नेपाली अर्थतन्त्र चालु आर्थिक वर्षमा ५ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । खासगरी सेवा क्षेत्रमा हुने वृद्धिले कुल गार्हस्थ उत्पादन (जीडीपी) विस्तारलाई टेवा दिने आइएमएफको प्रक्षेपणमा उल्लेख छ ।
सरकारले भने चालु आर्थिक वर्ष २०७१÷७२ मा ६ प्रतिशतको आर्थिक वृदिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । ५ प्रतिशत माथिको आर्थिक वृद्धिदर चारवर्षपछि गत वर्ष हासिल भएको हो ।
आइएमएफले सार्वजनिक गरेको आर्थिक वृद्धिदर प्रक्षेपण सरकारको लक्ष्यभन्दा केही कम हो । तर, एसियाली विकास बंैकले केही समय अघि प्रक्षेपण गरेको ४.६ प्रतिशतभन्दा उच्च हो ।
चालु आर्थिक वर्षमा कृषि उत्पादन घट्ने आशंकाका बाबजुद पनि कृषि विकास मन्त्रालयले वर्षे बाली (धान, मकै, कोदो) को उत्पादनमा ठूलो गिरावट नआउने बताएकाले गत वर्षकै हाराहारीको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा गरिएको छ ।
कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो योगदान गर्ने सेवा क्षेत्रमा हुने विस्तारलाई भने रेमिट्यान्सको आप्रवाहमा देखिएको नकारात्मक वृद्धिदरले भने असर गर्न सक्ने बताइएको छ । “सरकारले निर्माण गर्न लागेका ठूला परियोजनाहरुमा हुने खर्च, शान्ति सुव्यवस्थासँगै सुँध्रिदैं गरेको व्यावसायिक वातावरणका कारण आर्थिक वृद्धिदर गत वर्षको भन्दा कम नहुने अपेक्षा गर्न सकिन्छ,” अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालले भन्नुभयो ।
कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५२ प्रतिशत, कृषिको ३४ र उत्पादन क्षेत्रको १४प्रतिशत योगदान रहेको छ ।
त्यस्तै, आइएमएफको प्रक्षेपणमा मुद्रास्फिति ७.८ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फिति ८ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ । गत वर्ष उपभोक्ता मुद्रास्फिति ९.१ प्रतिशत रह्यो । वस्तुबजारमा विश्वभर नै मूल्यमा कमी आइरहेकाले यस वर्ष आन्तररिक बजारमा कृषि उत्पादनको मूल्य वृद्धि नभए राष्ट्र बैंकले अनुमान गरेको मुद्रास्फितिको अनुमान नजिकको मुद्रास्फिति हुनसक्ने राष्ट्र बंैक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठ बताउँछन् ।
आइएमएफको पछिल्लो अनुमान अनुसार यो वर्ष सरकारको बजेट बचत कुल गार्हस्थ उत्पादनको ०.२ प्रतिशत र चालु खाता बचत कुल गार्हस्थ उत्पादनको ३.२ प्रतिशत रहनेछ । राजस्वको उच्च वृद्धिको अनुपातमा सरकारको खर्च (खासगरी पुँजीगत खर्च) कम हुँदा नेपाल विगत केही वर्षयता बजेट बचतमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top