AdAd
Ad

इन्द्र जवाहर स्वास्थ्य उपचार कोषलाई आर्थिक सहयोग

काठमाडौं, १९ मंसिर । शिक्षण अस्पताल अन्तरगतको बालरोग विभागमा उपराचार्थ आउने असाहय बालबालिकाहरुको निःशुल्क उपचारका लागि स्थापना भएको इन्द्र जवाहर स्वास्थ्य उपचार कोषका लागि कोषका संस्थापक अध्यक्ष रबिभक्त श्रेष्ठले २५ लाख रुपैयाँ थप आर्थिक सहयोग दिएका छन् ।
यो संगै कोषमा ५० लाख रुपैयाँ जम्मा भएको छ । इन्द्र जवाहर गुठी अन्तरगत २०६६ सालमा स्थापना भएको उक्त कोष १० लाख राशिबाट सुरु गरिएको हो । कोषले हालसम्म करिब एक सय ५० असहाय बालबालिकाहरुलाई उपचार गरिसकेको छ । कोषमा जम्मा भएको रकमबाट आउने व्याजबाट बालरोग विभागमा भर्ना भएका तर उपचार गराउन नसक्ने गरिब र असहाय बालबालिकाहरुलाई निःशुल्क उपचार गराउदै आएको छ ।
सहयोग रकमसंगै कोषले थप बालबालिकाहरुको उपचार गर्न सक्ने कोषका संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रम कोषका संस्थापक जवाहर देवी श्रेष्ठको ९१ औं जन्मोत्सवको अवसरमा शिक्षण अस्पताल महाराजगंजमा आयोजना गरिएको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top