AdAd
Ad

उद्योगी उदयराज पाण्डे रहेनन्, नयाँ दिल्लीमा उपचारको क्रममा निधन Featured

काठमाडौं, २५ मंसिर । नेपाल तयारी पोशाक संघका अध्यक्ष उदयराज पाण्डेको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । नयाँ दिल्लीमा टाउकोको ट्युमरको उपचारको क्रममा उनको निधन भएको छ ।
स्वर्गीय पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यमा निर्वाचित सदस्य थिए । गत चैत्रमा महासंघको निर्वाचनको क्रममा उनी भारतमा उपचारार्थ थिए ।
स्वर्गीय पाण्डे नेपाल तयारी पोशाक संघको दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका थिए । यस संघमा उनको प्रवेश महासचिवबाट भएको थियो ।
स्वर्गीय पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शव नेपाल ल्याई सकेको छ । उनको पशुपति आर्यघाटमा आजै अन्तिम दाहसंस्कार गरिने छ ।
स्वर्गीय उदयराज पाण्डेको परिवार प्रति अर्थको अर्थन्युज डटकम हार्दिक श्रद्धान्जील व्यक्त गर्दछ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top