AdAd
Ad

एनआइविएलको सम्वृद्धि फण्ड १ को बिक्री १७ गतेबाट खुल्ला

काठमाडौं, १२ मंसिर । एनआइविएल क्यापिटलले ८० करोड रुपैयाँको सम्वृद्धि फण्ड १ नामाक सामुहिक लगानी कोष योजनाको १७ गतेदेखी विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको उक्त योजनाले इक्रा नेपाललाई एएमसि क्वालिटि थ्री पाएको छ । ‘हामी योजना बिक्रीको तयारीमा छौं,’ एनआइविएल क्यापिटलका महाप्रबन्धक मेख थापाले बताए । ‘यो योजना ८० करोड रुपैयाँको हो तर अत्याधिक आवेदन भएको खण्डमा हामी यसलाई १ अर्ब रुपैयाँको बनाउँछौं,’ उनले भने । यस योजनाका लागि लगानीकर्ताहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको मुलुकभरको शाखामार्फत आवेदन दिन सकिने छ । एनआइविएल क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको मार्चेन्ट बैंक हो । यस योजनामा लगानीकर्ताहरुले न्युनतम १ सय ईकाइ देखी ८० लाख ईकाइसम्म आवेदन दिन सकिने भने योजना बन्दमुखी योजना भएको हो ।
सामुहिक लगानी कोष प्रवद्र्धकहरु शेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेको हुन्छ । कोष प्रवद्र्धकहरुले शेयर बजारमा सुचिकृत कम्पनीहरुको शेयर, ऋणपत्र, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगाएतमा लगानी गर्दछन् । एनआइविएल क्यापिटले यस योजनामार्फत विभिन्न क्षेत्रमा सुक्ष्म अध्ययन गरि लगानी गर्ने जनाएको छ । ‘हामी १५ देखी २० प्रतिशतसम्म बैंकको निक्षेपमा लगानी गछौं भने बाँकीलाई प्राथमिक र दोस्रो बजारमा लगानी गर्ने योजनामा छौं,’ महाप्रबन्धक थापाले भने, ‘दोस्रो बजारमा पनि हामी राम्रो आम्दामी गर्ने कम्पनीहरुको शेयरमा लगानी गर्छौ ।’
अहिले तीन सामुहिक लगानी कोष प्रवद्र्धकहरुको चार योजना सुचिकृत छन् । सिद्धार्थ क्यापिटको २, नबिल इन्भेष्टमेन्टको १ र एनएमबि क्यापिटलको १ हुन् । यस्तै लक्ष्मी क्यापिटलले पनि नयाँ सामुहिक लगानी कोष योजनाको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लक्ष्मी क्यापिटलले इक्रा नेपालबाट एएमसि क्वालिटी थ्री पाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top