AdAd
Ad

एनआइविएलको सम्वृद्धि फण्ड १ को बिक्री खुल्ला

काठमाडौं, १७ मंसिर । एनआइविएल क्यापिटलले ८० करोड रुपैयाँको सम्वृद्धि फण्ड १ नामाक सामुहिक लगानी कोष योजनाको आजबाट बिक्री खुल्ला गरिएको छ । साथै उक्त योजनाको बिक्री बन्द मंसिर २१ गते हुनेछ तर पुर्णरुपमा आवेदन नआएको खण्डमा पौष २ गतेसम्म बिक्री खुल्ला रहेने कम्पनीले जनाएको छ ।
८० करोड रुपैयाँको उक्त योजनाका लागि अत्याधिक आवेदन परेमा योजनाको निष्काशन आकार वृद्धि गरि १ अर्ब रुपैयाँ बनाउन सकिने बताइएको छ । यस योजनालाई इक्रा नेपालले एएमसि ३ क्वालिटको ग्रेड दिएको छ ।
यस योजनाको आवेदन लगानीकर्ताहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको मुलुकभरको शाखामार्फत दिन सकिने छ । यस योजनामा लगानीकर्ताहरुले न्युनतम १ सय ईकाइ देखी अधिकतम ८० लाख ईकाइसम्म आवेदन दिन सकिने छ । कम्पनीले ल्याएको यस योजना बन्दमुखी योजना हो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top