AdAd
Ad

एनएमबी र क्लिन ईनर्जी गाभिए, बैकको नाम एनएमबी नै

काठमाडौं, १७ मंसिर । एनएमबि बैंक लिमिटेड रे क्लिन ईनर्जी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर यी दुई बैकहरुले मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा एनएमबि बैकका तर्फबाट संचालक कमलेश कुमार अग्रवाल र क्लिन ईनर्जी डेभलपमेन्ट बैकका तर्फबाटसंचालक लक्ष्मी प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए । दुई बैक विचको मर्जर पछि बैकको नाम एनएमबी बैक नै रहने छ । विगत ४ वर्ष देखी यि दुई बैक विचको मर्जर हल्लाले बैकिंक क्षेत्र तातेको थियो ।
केही महिना अगाडी एनएमबी बैकले पुर्वको पाथिभार विकास बैक र पश्चिमाञ्चलको भृकुटी विकास बैक विच पनि गाभिएर एकिकृत कारोबार गर्ने सामझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
मर्ज पछि बैकको कुल पूँजी तथा जगेडा कोषमा बृद्धि भै ५ अर्व ४८ करोड रुपैयाँ पुग्ने छ भने निक्षेप र कर्जा क्रमशः ४२ अर्व ४४ करोड र ३३ अर्व ७९ करोड पुग्ने बताइएको छ ।
संयुक्त कारोबार पछि बैकका ६७ वटा शाखा, ३३ वटा एटिएम ७ वटा एक्सटेन्स काउन्टर रहने छन् । निकट भविश्यमा अन्तर्राष्ट्रिय बैकहरुको नेपालमा शाखा विस्तार पछि बैकहरु बिच हुने प्रतिस्पर्धालाई ध्यानमा राख्दै बैकलाई मर्जर प्रकृयामा अगाडी बढाइएको एनएमबी बैकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । बैकले अव उर्जा क्षेत्रमा लगानी बढाउर्दै लैजाने लक्ष्य बैकको रहेको पौडेलले बताए । गाभिएका बैकहरुले चैत मासान्तबाट एकिकृत कारोबार गर्ने तयारी रहेको बताईएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top