AdAd
Ad

एनएमबी र प्रुडेन्सियलबीच आज मर्जर सम्झौता हुँदै Featured

काठमाडौं, २१ मंसीर । एनएमबी बैंक र प्रुडेन्सिय फाइनान्सबीच आज मर्जर सम्झौता हुने भएको छ । यसअघि धेरै चरणमा भएका वार्तालाई आज मूर्त रुप दिने तयारी रहेको बताइएको छ । प्रुडेन्सियल फाइनान्स राजधानीमा रहेको ‘ग’ वर्गको वित्तिय संस्था हो । ५० करोड चुक्ता पुँजी रहेको यो संस्थाको दुई मात्र शाखा रहेका छन् ।
एनएमबी बैंकले यसअघि नै तीन वित्तिय संस्थासँग मर्जर सम्झौता गरिसकेको छ । गत मंगलबार मात्रै एनएमबी र क्लीन इनर्जी डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको थियो । यसअघि गत आश्विन १३ मा एनएमबीले भृकुटी र पाथिभरा बैंकसँग गाभ्ने÷गाभिने सम्झौता गरेको थियो । यी सबै संस्थासँग भएको गाभ्ने÷गाभिने सम्झौता अनुरुप बैंकको नाम एनएमबी नै राख्ने सहमति भएको छ । तीन संस्थासँगको मर्जरबाट बैंकको शाखा संख्या ६७ पुगेको थियो भने अब सो संख्या ६९ पुग्नेछ । त्यस्तै, प्रुडेन्सियलसँगको मर्जरसम्झौतापश्चात बैंकको पुँजीकोष झण्डै छ अर्ब रुपैयाँको हुनेछ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top