AdAd
Ad

एनबिआईको तालिम अब उपत्यका बाहिर पनि

काठमाडौं, १७ मंसिर । नेपाल बैंकिङ ईन्ष्टिच्युट एनबिआईले दिदै आएको Comprehensive Banking Course तालिम थप ३ स्थानमा विस्तार  गरिएको छ । एनबिआईले शुरु गरेको उक्त तालिम पोखरा, बुटवल र विर्तामोडमा संचालनमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा जान चाहने नवप्रवसीहरुका लागि लक्षित गरी उक्त तालिम दिदै आएको एनबिआईले बताएको छ । यस तालिमको पठ्यक्रम संस्थाका व्यवस्थापन समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी, मानव संशाधन विभागका प्रमुख, विभिन्न सम्वन्धीत विभागीय प्रमुख तथा नियामक निकायका प्रतिनिधीको टोलिले तयार गरेको जनाएको छ । पाठ्यक्रममा
बैंक तथा वित्तीय संस्थामा आवश्यक प्रमुख विषयहरु समावेश गरिएको छ ।
यो ६ दिन वा १८ बिहानी गरी दुई समय संचालनमा रहने तालिम हो । तालिममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा आवद्ध विज्ञहरुले आफ्नो अनुभव बाँड्ने जनाइएको छ । साथै एनबिआईले आगामी दिनमा यस तालिम कार्यक्रमलाई विराटनगर, धनगढी, चितवन, नेपालगंज र विरगंजमा पनि संचालन गर्ने बताएको छ ।
एनबिआईले समय सापेक्ष रुपमा वित्तीय प्रणाली सम्वन्धी तालिम कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top