AdAd
Ad

एनसेलको ईन्टरनेट भारी छुट

काठमाडौं, २४ मंसिर । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाका लागि सुपरनेट नामक नयाँ योजना ल्याएको छ ।
जसअन्तर्गत ग्राहकले अब पहिलो एमबीबाटै ५० प्रतिशत छुट पाउनुका साथै थप इन्टरनेट प्रयोग गर्दै जाँदा १ रुपैयाँमा प्रतिएमबी इन्टरनेट प्रयोग गर्न सक्नेछन् । यो योजना मंसिर २३ गते बाट सुरु भै सकेको कम्पनीले जनाएको ।
कम्पनीका अनुसार ग्राहकले जति इन्टरनेट प्रयोग गर्दै जान्छन्, त्यहि अनुपातमा इन्टरनेटको मूल्य पहिलेको भन्दा कम हुँदै जानेछ ।
प्याक बिना इन्टरनेट चलाउँदा प्रत्येक एमबी इन्टरनेटको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा अब नयाँ सुपरनेटमा ग्राहकले ० देखि २० एमबीसम्म ३ रुपैयाँ प्रति एमबीको दरमा इन्टरनेट चलाउन सक्नेछन् ।
थप इन्टरनेट प्रयोग गर्दा २० एमबी देखि १०० एमबी २ रुपैयाँ प्रति एमबीका दरले र १ सय एमबी भन्दा माथि मात्र १ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।
सुपरनेटको छुट र सुलभ दरले प्याक विनै डेटा चलाउन रुचाउने ग्रााहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास लिएको एनसेल कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले बताईन

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top