AdAd
Ad

एनसेल एप क्याम्पका २४ प्रतिस्पर्धीको नाम घोषणा

काठमाडौं, १८ मंसीर । एनसेलले एप क्याम्पका प्रतिस्पर्धीहरुमध्येबाट विभिन्न विधाका गरी २४ जनाको नाम घोषणा गरेको छ । कृषि, कर्पोेट सोलुसन, शिक्षा र पर्यटन गरी चार विधामा हरेकमा ६–६ जना रहेका छन् ।
कुल १५० टीमबाट प्रतिस्पर्धी छनौट भएका हुन् । स्वतन्त्र जुरीले उनीहरुलाई छनौट गरेको हो । उक्त छनौट समितिमा विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगम (आईएफसी), नेपाल पर्यटन बोर्ड, गोल्छा अर्गनाइजेसन, निम्बर, एफ वन सफ्ट तथा अन्य व्यावसायिक संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
ती समूहहरु उनीहरुको नवीन सोच, विश्वव्यापी मापनीयताको सम्भावना, व्यावसायिक मोडल तथा यसको अभिव्यक्ति र प्रस्तुतीका आधारमा उनीहरुले प्राप्त गरेको नम्बरबाट छनौट गरिएको एनसेलले जनाएको छ ।
आगामी मंगलबार देखि बिहीबारसम्म हुने अन्तिम प्रतिस्पर्धामा यी टीमहरु सहभागी हुनेछन् । र उत्कृष्ट एकले आगामी वर्ष युरोपमा हुने एप प्रतिस्पर्धामा भाग लिनेछन् ।
अहिले हरेक विधाका विजेताहरुले दुई लाख ५० हजार रुपैयाँ र सबैभन्दा उत्कृष्टले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top