AdAd
Ad

एलुफ्ट को काठमाडौंमा डेब्यू

काठमाडौं, ९ मंसीर । स्टारवुड होटल तथा रिसोर्टले काठमाडौंमा यसको एलुफ्ट ब्राण्डलाई प्रवेश गराएको छ । काठमाडौंम छायादेवी कम्प्लेक्स प्रालिले निर्माण गर्न लागेको छाया सेन्टरमा रहने होटल ‘एलुफ्ट काठमाडौं ठमेल’ को नामबाट सञ्चालनमा आउनेछ । सन् २०१७ को मध्यबाट सञ्चालनमा आउने बताइएको यो होटल व्यवसायी पृथ्वी बहादुर पाण्डे र उनको समूहले निर्माण गर्न लागेको हो ।
छाँया सेन्टर नाम दिइएको यो कम्प्लेक्सको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच जानकारी गराइयो । यो कम्प्लेक्सको निर्माण कार्य गत वर्ष भदौ महिनाबाट शुरु भएको थियो । १४ रोपनी क्षेत्रफलमा फैलएको छाया सेन्टर प्रोजेक्टले दुई पक्ष ओगटेको छ । यसमा सपिङ कम्प्लेक्स, विशेष पार्किङ सुविधा, सिनेमा हल र १४ तले होटल रहनेछ, जुन एलुफ्ट काठमाडौंको नामबाट सञ्चालन हुनेछ । दुई सय रिटेल आउलेट, भुईका दुई तलामा चार सय कार र तीन सय मोटरसाइकल पार्किङ्ग, मल्टिप्लेक्स सिनेमा हल रहने सपिङ कम्प्लेक्स परियोजनाको एउटा पक्ष हो भने १४ तले होटल भवनमा १७५ कोठा रहनेछ । उक्त होटल भारतीय कम्पनी निद्रा हस्पिटालिटी प्रा.लिले सञ्चालन गर्नेछ । गत असोज महिनामा छाया सेन्टरले अमेरिकी विश्वव्यापी होटल ब्राण्ड स्टारवुडसँग यसको चेन खोल्ने सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top