AdAd
Ad

औद्योगिक प्रवद्र्धनको निर्णय

काठमाडौं, ७ मंसिर । उद्योग मन्त्री महेश वस्नेतको अध्यक्षतामा औद्योगिक प्रवद्र्धन वोर्डको १ सय वाह्रौं वैठकले गरेको निर्णय
१) विदेशी लगानीमा स्थापित नेपाली कम्पनीले अर्को नेपाली कम्पनी शेयर खरिद गरी लगानी पुनः लगानी गर्न खोजेमा÷चाहेमा नकारात्मक अनुसूचिका उद्योगहरु वाहेकका उद्योगहरु उद्योग विभागको स्विकृति लिई शेयर खरिद विक्री गर्न पाउने निर्णय गरियो ।
२) विगतमा ४७ वर्ष देखि क्यासीनो व्यवसाय संस्कृति पर्यटन तथा नागकिर उड्ययन मन्त्रालयको पत्रवाट व्यवसायिक रुपमा संचालन हुँदै आएमोमा क्यासीनोलाई नियमन गर्नको निमित्त क्यासीनो नीति २०७० जारी भैसकेको सन्दर्भमा वैदेशीक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४७ वमोजिम क्यासीनोलाई उद्योगको रुपमा सुचिकृत गरी उद्योग दर्ता गराउने बारेमा छलफल हुँदा क्यासीनो व्यवसायलाई पर्यटन उद्योग अन्तरगत वर्गिकरण गरी राजपत्रमा सूचना प्रकाशित गर्नका लागि नेपाल सरकार (क्याविनेट) लाई सिफारिस गर्ने निर्णय गरियो ।
३) देशमा परापूर्वकालदेखि संचालन हुँदै आइरहेका टेलरिङ यवसाय औ.व्य. ऐन २०४९ को दफा ३ अनुसार ७ प्रकारमा उद्योगमा वर्गिकरण गरिएकोमा कुनै वर्गिकरणमा नपरेकोले अर्डर अनुसारको ज्याला कपडा सिलाई दिने भएकोले सेवामूलक उद्योगको रुपमा वर्गिकरण गर्न वढीमा १० वटा सम्म सिलाई मेशिन राख्न पाउने गरी, विदेशी लगानी गर्न नपाउने गरी नगर क्षेत्र भित्र समेत संचालन गर्नका निमित्त राजपत्रमा सूचना प्रकाशित गर्ने गरी नेपाल सरकार
(क्याविनेट)लाई सिफारीस गर्ने निर्णय गरियो ।
४) जुटमिलको सन्दर्भमा ः विगतमा नेपाल सरकारले ७०% विद्युत महसुलमा छुट दिंदै आएकोमा औद्योगिक प्रवद्र्धन वोर्डको पुरानो वैठकले जुट, स्टिल र धागो जस्ता उद्योगमा दिंदै आएको छुट दिनको लागि अर्थ मन्त्रालयलाई आवश्यक सिफारिस गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top