AdAd
Ad

कफीको समर्थन मूल्य तोकियो, उखुको पनि तोकिने

काठमाडौं, ४ मंसीर । सरकारले कफीको समर्थन मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरीको मूल्य एक सय ४२ रुपैयाँ प्रति केजी तोकेको छ । “कफी उत्पादक किसान तथा प्रशोधनकर्तासँगको छलफलका आधारमा समर्थन मूल्य तोकिएको हो,” राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक रमणप्रसाद पाठकले भने ।
कफी उत्पादक किसानहरुले एक सय ४२ रुपैयाँभन्दा माथि प्रतिस्पर्धी दरमा कफी बिक्री गर्न सक्ने पाठकले बताए ।
नेपालका गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ, पाँचथर लगायतका २२ जिल्लाहरुमा १९ सय हेक्टर क्षेत्रफलमा कफी खेती हुन्छ भने वार्षिक उत्पादन पाँच सय टन रहेको छ ।
गत आर्थिक वर्षमा नेपालले कुल उत्पादनको ६५ प्रतिशत कफी निर्यात गरी पाँच करोड रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, सरकारले उखुको पनि समर्थन मूल्य तोक्ने तयारी गरिरहेको छ । खरिदकर्ताले उखु किसानलाई उपयुक्त मूल्य नदिने भएकाले उद्योग मन्त्रालयले उखु किसान र सुगर मिल प्रतिनिधिहरुसमेतको सहभागितामा उखुको समर्थन मूल्य तोक्न लागेको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषि विकास मन्त्रालयका अनुसार उखुको उत्पादन लागत प्रति क्वीन्टल तीन सय १५ रुपैयाँ रहेको छ । कृषि मन्त्रालयका अनुसार उद्योग मन्त्रालयले चिनी मिल र उखु किसानसँगको छलफलका आधारमा चाँडै नै दुवैलाई मान्य हुने मूल्य तोक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top