AdAd
Ad

कर तिर्ने सबैको दायित्व होः अर्थमन्त्री

काठमाडौं, ७ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले लगानीमैत्री वातावरण तयार गरी उद्योग व्यवसाय विस्तार गर्न सरकार सहयोगी बन्ने बताउनु भएको छ । ‘मुलुकको अर्थतन्त्र मजबुत बनाउने उद्योग व्यवसाय विस्तार नभई अर्थव्यवस्था मजबुत हुँदैन, त्यसैले लगानीको वातावरणको सृजना सरकारले गर्दैछ,’ अर्थमन्त्रीले भने, ‘सरकारले अहिले व्यवसायीहरुको माग बमोजिम कर पुनरावलोकन आएको गठन गरिसकेको छ ।’ उक्त कुरा अर्थमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघले प्रकाशित गरेको कर सम्बन्धी जानकारी पुस्तिकाको लोकार्पण गर्दै बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले तेस्रो कर दिवस तथा कर सप्ताह २०७१को समापन कार्यक्रमको अवसरमा उक्त पुस्तिका प्रकाशन गरेको हो । प्रविधिको प्रयोगले करदाताहरुको लागतमा आएको कमीका कारण विगतको तुलनामा राजस्व संकलन बढ्दै गएको अर्थमन्त्रीले बताए । करदाता मैत्री कर प्रशासन बनाउन सुधारका कार्यलाई प्रभावकारी बनाउने उनको धारणा रहेको छ । साथै उनले करमा सहभागिता अभिवृद्धि गर्न अर्थमन्त्रालयले निःशुल्क टेलिफोन सुविधा दिने तयारी गरिरहेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघबाट प्रकाशित पुस्तक खासगरी साना तथा मझौला व्यवसायीहरुलाई लक्षित गरी संक्षिप्त रुपमा, सन्दर्भ सामग्रीको रुपमा कर सम्बन्धी पूर्ण जानकारीका लागि आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन, अन्तःशुल्क ऐन एवं आर्थिक ऐन तथा सो ऐनहरुसंग सम्बन्धित नियमावली एवं आन्तरिक राजस्व विभागले व्याख्या सहित प्रकाशित गरेका आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क निर्देशिकालाई आधिकारिक स्रोत बनाउदै प्रकाशन गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top