AdAd
Ad

कर प्रशासकलाई बक्यौता रकम कडाइका साथ उठाउन निर्देशन

काठमाण्डौ, मंसिर ५ । कर प्रणाली सम्वन्धी व्यवसायीहरुको जायज माग तथा समस्याहरुको समाधान गरिने आन्तरिक राजस्व विभागले बताएको छ । तर विभागका महानिर्देशक चुडामणि शर्माले बक्यौता रकमको अवस्था भयावह भएकाले कडाइका साथ बक्यौता उठाउन कर प्रशासकहरुलाई निर्देशन दिएका छन् र्। राज्यलाई कर नबुझाउनेहरुलाई विभाग कडा रुपमा प्रस्तुत हुनेछ,’ महानिर्देशक शर्माले भने, वक्यौता रकम उठाउन सम्बन्धित कर प्रशासनका कर्मचारीलाई निर्देशन दिइएको छ ।’ उक्त कुरा उनले तेस्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७१ मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा कर सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बताएका हुन् ।
सरकारले अहिले मुलुकमा लगानीमैत्री वातावरणको अभ्यास शुरु गरेको र करदाता मैत्री कर प्रशासन विकास हुँदै गएको उनको ठहर रहेको छ । साथै उनले करदाता र कर प्रशासन बिचको सम्बन्ध थप विस्तार गर्न निजी क्षेत्र र विभाग मिलेर अधि बढ्नु पर्ने धारणा दिएका छन् । यस्तै व्यवसायीहरुले गलत ढंगबाट विल बिजक जारी गर्ने प्रवृतिको थप अनुसन्धान गरिने महानिर्र्देशक शर्माले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाले मुलुकको समृद्धिका लागि करदाताको भूमिका महत्वपूर्ण रहेको बताए । सरकारले प्रत्येक वर्ष मनाउने कर दिवसले करदातामा राम्रो सन्देश प्रवाह गर्दै कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुमधुर परेको उनको धारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top