AdAd
Ad

काठमाडौं घोषणा पत्र २०१४ जारी गर्दै सकियो सार्क सम्मेलन, सार्क सम्मेनलको १९औं संस्करण पाकिस्तानमा Featured

काठमाडौं, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रको उर्जा विकास गर्न १८औं सार्क शिखर सम्मेलनमा उर्जा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।  साथै काठमाडौं घोषणा पत्र २०१४ जारी गर्दै नेपालमा आयोजना गरिएको १८औं सार्क शिखर सम्मेलन समापन भएको छ ।
१८औं सार्क शिखर सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले सार्क क्षेत्रको दिगो विकासका लागि सदस्य राष्ट्रहरुको निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । उहाँले सार्क सम्मेलनको क्रममा गरिएका सम्झौताहरुको कार्यन्वयनलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शान्ति र समृद्धिका लागि गहन एकताको नारा रहेको १८औं सार्क शिखर सम्मेलनको निचोड सार्क क्षेत्रमा शान्तिको स्थापनासंगै समृद्धि हासिल गर्ने निचोड रहेको छ ।
सार्क सम्मेलनको अध्यक्ष एवं नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले आगामी तीन महिना भित्र सार्क क्षेत्रलाई जोड्ने यातायात सम्झौता र रेलमार्ग सम्झौतामा हस्ताक्षर गरिने जानकारी दिनु भएको छ । सार्क क्षेत्र भित्रको क्षेत्रिय संजाल विस्तारले व्यापार अभिवृद्धिमा थप सहयोग मिल्नेमा उहाँको तर्क रहेको थियो । यस्तै प्रधानमन्त्री कोइरालाले सार्क क्षेत्रको सामाजिक तथा आर्थिक विकासका लागि प्रभावकारी कार्यन्वयनमा जोड दिनपर्ने औंलाउनु भएको छ ।
सामुहिक सहकार्यबाट क्षेत्रिय सहयोगको माध्यमले सार्क क्षेत्रको दिगो आर्थिक विकास सम्भव हुने धारणा प्रधानमन्त्री सुशिल कोइरालाको रहेको छ । साथ उहाँको अध्यक्षताको कार्यकालले क्षेत्रिय सहयोगमार्फत सार्क प्रणालीलाई विकास गर्न लक्ष्य लिएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top