AdAd
Ad

कार्तिक महिनामा सरकारको राजस्व असुलीमा १२० प्रतिशतको वृद्धि

काठमाडौ, १० मंसिर । सरकारले चालु आर्थिक वर्षको कार्तिक महिनामा राजस्व असुली ३७ अर्ब ६८ करोड रुपैयाँ गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२० प्रतिशतले बढि हो । सरकारले कार्तिक महिनामा राजस्व असुलीको लक्ष्य ३७ अर्ब ४१ करोड रुपैयाँ राखेको थियो । सरकारले कार्तिक महिनामा असुली गरेको रकमलाई हेर्ने हो भने सत प्रतिशत लक्ष्य हासिल भएको देखिन्छ । राजस्व असुली लक्ष्य अनुरुप हुनुमा कर प्रशासकहरुको प्रभावकारी कार्यशैलीलाई मान्नु पर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा बताउँछन् । अहिले कर प्रणालीमा व्यापक सुधार आई प्रविधि मुलुक भएकाले पनि कर सहभागिता बढेको उनको भनाइ रहेको छ । यद्यपी अहिले पनि २० अर्ब रुपैयाँ भन्दा बढि वास्तविक बक्यौता रकम असुली गर्न बाँकी रहेको छ । महानिर्देशक शर्माले बक्यौता रकम असुली तथा मुल्यअभिवृद्धि कर सम्वन्धी निर्देशिकालाई संशोधान गर्न कर प्रशासकहरुलाई निर्देशन दिएका छन् । यस्तै उनले १ लाख रुपैयाँ भन्दा बढि बक्यौता रकम भएका करदाताहरुको अभिलेख राखी कानुनी कारवाहि गरि जरिवाना गराउने बताए ।
सरकारले कार्तिक मसान्तमा आयकर शिर्षकबाट १६ अर्ब २८ करोड, मुल्यअभिवृद्धि करबाट १२ अर्ब २७ करोड र अन्तःशुल्कबाट ८ अर्ब ८१ करोड राजस्व संकलन गरेको छ । यस्तै सरकारले शिक्षा क्षेत्रबाट १३ करोड १७ लाख र स्वास्थ्य क्षेत्रबाट १८ करोड ४ लाख रुपैयाँ राजस्व असुली गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top