AdAd
Ad

कृषि विकास बैंक सुधार तर्फ, नयाँ जनशक्ति प्रवेश गराइने

काठमाडौं, ३ पौष । कृषि विकास बैंकको आन्तरिक प्रणाली सुधार गरी मानव संशाधनलाई प्रभावकारी बनाउने बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले जानकारी दिएका छन् । ‘नयाँ पुस्ताका जनशक्ति भित्राउने हाम्रो योजना रहेको छ,’ उनले भने ‘अन्य बैंकहरुसंगको प्रतिस्पर्धामा जान पनि आधुनिक बैंकिङ सेवा दिनेछौं ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको वित्तीय अवस्था सुधारात्मक बन्दै गएकोले आन्तरिक प्रणालीलाई थप सुधार गर्न आवश्यक रहेको बताएका छन् । समयमा लेखा परिक्षण, वार्षिक साधारण सभा तथा नियमित बैंठकहरु संचालनमा हुन सकेको छैन, यसलाई अब प्राथमिकतामा राखेको छु सिटौलाले बताए ।
यस्तै बैंकका नायब महाप्रबन्धक अनिल उपाध्ययले बैंकको सेवालाई थप विस्तार गरी बैंकको कारोबार वृद्धि गर्ने जनाएका छन् । हामीले आगामी ५ वर्षका लागि रणनीति तय गरेका छौं, उनले भने त्यसै अनुसार बैंकको व्यवसायलाई हरेक वर्ष २० प्रतिशतले बढाउने योजना हो । बैंकले तयार पारेको ५ वर्षे रणनीति अनुसार बैंकले सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्नेलाई प्राथमिकतामा राखेको छ । यस्तै बैंकले आगामी वर्ष भित्र भिसा कार्ड र क्रेडिट कार्ड प्रयोगमा ल्याउने बताएको छ । साथै बैंकले आगामी दुई वर्षमा बैंकको सम्पुर्ण शाखालाई कम्पुटरकृत गर्ने भएको छ ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको बताइएको छ । बैंकले गत आर्थिक वर्षमा  १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो वर्षमा हामी नगद लाभांश दिनेछौ तर अर्काे वर्षमा भने बोनस शेयर बाड्ने योजनामा छौं, उपाध्ययले बताए । बैंकले चुक्ता पूँजीको संरचनालाई वृद्धि गर्न बोनस शेयर दिने बताएको छ । चुक्ता पूँजी वृद्धिले हाम्रो लगानी गर्ने क्षमता बढ्न जान्छ, उनले भने त्यस पछि हामी कृषिसंग विकास पुर्वाधार परियोजनाहरुमा पनि लगानी विस्तार गर्न सक्छौं । बैंकले हाल अन्य बैंकहरुसंगको सहवित्तीयकरणमा जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको छ ।
यस बैंकको मुनाफा आर्जनलाई टेवा पु¥याउने विदेशी विनीमय आर्जन पनि हो । हाल बैंकले आफ्नो १५ शाखामार्फत विदेशी विनीमयको कारोबार गर्दै आएको छ । बैंकले विप्रेषण सेवालाई थप विस्तार गर्न उक्त सेवालाई प्रभावकारी बनाउने बताएको छ । साथै बैंकले विदेशी विनीमय कारोबार, सुन कर्जा तथा शेयरकर्जाका लागि जोखम व्यवस्थापनमा जोड दिने बताएको छ ।
कृषि विकास बैंकले कर्जा प्रवाहको ३० प्रतिशत कृषि कर्जामा प्रवाह गर्दै आएको छ । कृषि कर्जाको साथै बैंकले अन्य क्षेत्रमा समेत कर्जा प्रवाह गर्ने जनाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top