AdAd
Ad

कोरम पुगेन, भएन विशेष साधारण सभा

काठमाडौं, २३ मंसिर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले बोलाएको विशेष साधारण सभाको बैठक बस्न सकेन । साधारण सभा संचालनका लागि चाहिने कोरम नपुगेपछि कम्पनीले बोलाएको विशेष साधारण सभाको बैठक बस्न नसकेको हो ।
कम्पनीले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पुँजी वृद्धिको प्रस्ताव विशेष साधारण सभा राख्ने बताएको थियो । कम्पनीले अधिकृत पूँजी १५ करोडबाट ४० करोड रुपैयाँ, जारी पूँजी १० करोडबाट ३० करोड रुपैयाँ पुर्याउने प्रस्ताव रखेको हो । यस्तै कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि १ बराबर १.५ हकप्रद शेयर निष्काशनको प्रस्ताब समेत राख्न भनिएको थियो । विशेष साधारण सभा संचालन हुन नसक्दा यी प्रस्तावहरु पारित हुन सकेन
एभरेष्ट इन्स्योरेन्सले २०७१ मंसिर २३ गते राजधानीको अग्रवाल भवन, कमलपोखरीमा विशेष साधारण सभा संचालन गर्ने भनेको थियो ।
यस कम्पनीलाई वीमा समितिले नियन्त्रणमा लिएर व्यवस्थापन सम्हालेको थियो । गत २०७० को फाल्गुन ६ बाट कम्पनीको व्यवस्थापन कम्पनीमा नै निहित हुने गरी वीमा समितिले हस्तान्तरण गरेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top