AdAd
Ad

क्यान्डीक्रसका डेभलपर नेपालमा

काठमाडौं, २८ कार्तिक । युवाहरु माझ लोकप्रिय मोवाइल एप गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्मले देशकै ठूलो मोवाइल एप्स प्रतिस्पर्धा एनसेल एप क्याम्पमा छनोट भएका १ सय ५० एप डेभलपरलाई मार्गदर्शन गर्न नेपाल आएका छन् । पाल्म अन्तर्राष्ट्रिय एप उद्योगका सबभन्दा उत्प्रेरक व्यक्तित्वहरु मध्ये एक मानिन्छन् । संसारभर दश करोडभन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन पाँच लाख डलर कमाइरहेको क्यान्डी क्रस सागाको सफलताको पछाडि उनकै सोच तथा डिजाइन रहेको छ ।
क्यान्डी क्रस सागा बनाएको किंग डट कमका गेम्स गुरु पाल्मले एनसेल एप क्याम्प २०१४ अन्तर्गत भईरहेका क्षमता अभिवृद्धि सेमिनारको सिरिजमा यही कात्र्तिक २९ गते अतिथि वक्ताको रुपमा युवा डेभलपर टिमहरुलाई सम्बोधन गर्ने छन् । सेमिनारमा उनले आफ्नो सफलताको कथासँगै युवा डेभलपरले एप बनाउँदा ध्यान दिनु पर्ने विषयमा बोल्नेछन् ।
“देशमा विद्यमान डिजिटल सम्भावनालाई उजागर गर्ने तथा नेपाली युवालाई विश्व एप उद्योगको हिस्सा बनाउने उद्देश्य लिएको यस एनसेल एप क्याम्पमा भाग लिईरहेका टोलीलाई पाल्म जस्ता विश्व चर्चित व्यक्तित्वहरुको मेन्टरशिपले उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्तर्राट्रिय एप बजारबारे एक्स्पोजर प्रदान गर्नेछ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top