AdAd
Ad

खाना पाखरीहरुको रोजाई फास्टफुड, फस्टाउदै व्यापारीक मल अगाडी फास्टफुड सेन्टर

काठमाडौं, ९ मंसिर । राजधानी लगायत नेपालका ठुला सहरहरुमा व्यापारीहरु महलहरु खुल्ने क्रमले तिब्रता पाएसंगै मल बाहिरी पेटीमा फास्टफुड व्यापार पनि फस्टाउने मौका पाएको छ ।
उपभोक्ताहरुले खोजेका सम्पुर्ण सामानहरु एउटै छाना मुनि उपलब्ध हुने भएकाले व्यापारीक मलहरुमा किनमेल गर्न जाने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । समयको सदुपयोग र सामान रोजी खोजी पाइने भएकाले उपभोक्ताहरुको आकर्षण शहरको मुख्य बजारमा भन्दा मल तिर बढ्दै गएको पाइन्छ । गुणस्तरीय सामानको आशामा केही महंगो भएपनि मलमा गई किनमेल गर्नु अहिले शहरियाहरु रुचाउँछन् ।
यता उपभोक्ताहरुको भिडलाई मध्यनजर गर्दै व्यापारीक केन्द्रहरुले खानाका पारखीहरुका लागि बाहिरी पेटीमा चारपाग्रे ठेलामा फास्टफुडको व्यापार समेत संचालन गर्दै आएका छन् । सडकपेटीमा फास्टफुडको म.म, चाउमिन, बर्गरका साथै सामोसा चाट, पानिपुरी, चटपट, पपकर्न, कफि, आईसक्रिम लगायतका मसलेदार खानाको बिक्री हुने गरेको भेटिएको छ । जस कारण अहिले सबै उमेर वर्गहरुको आकर्षण सडकपेटीको फास्टफुड तथा चाट सेन्टरमा बढेको छ ।
दैनिक ५ देखी १२ हजार रुपयाँसम्मको कारोबार गर्ने फास्टफुड संचालकहरुले बताएका छन् । यसरी मल अगाडी पसल राखे बापत बर्गमिटरको आधारमा मल संचालकहरुलाई मासिक २० देखी ५० हजार रुपैयाँसम्म भाडा तिर्ने गरको फास्टफुड संचालकहरुले जनाकारी दिएका छन् ।
प्राय व्यापारीक मल भित्रै विभिन्न खालका रेस्टुरेन्टहरु संचालनमा हुने भएपनि रेस्टुरेन्टको खाना भन्दा बाहिर पेटीमा राखिएको फस्टफुडको खाना खानेको संख्या बढी हुने गरेको व्यापारीहरु बताउछन् । मल भित्र खोलिएका रेस्टुरेन्टको खानाको तुलनामा बाहिर पेटीमा राखिएका फास्टफुडका खाना तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले पनि ग्राहकहरुको खोजाईमा परेको हो ।
किन मान्छेहरु सडकपेटीकै खानालाई बढी प्राथमिकता दिन्छन् भन्ने हाम्रो प्रश्नमा सिटि सेन्टर अगाडी विगत २ वर्ष देखी सडक पेटीमा फास्टफुडको व्यापार गर्दै आएका राज कुमार श्रेष्ठ भन्छन्, ‘फास्टफुड भनेको अन्यको तुलनामा सेवा छिटो दिने र मसलेदार हुने भएकाले यसैलाई पहिलो प्रथमकितमा ग्राहकहरु राख्ने गरेका छन् । दोस्रो कुरा बाटो छेउमा बसेर साथिभाई संग फास्टफुड खानुको मज्जानै बेल्लै हुने ग्राहकहरु भन्छन्,’ उनले भने ।
अहिले राजधानीको सिभिल मल, सिटि सेन्टर, भाटभटेनि स्टोर्स लगायतका व्यापारीक केन्द्रहरुमा मान्छेहरुको चहलपहलमा बढी हुने व्यापारीक मल बाहर फास्टफुटको व्यापार गर्नेले मासिक एक लाख ५० हजार देखी २ लाख रुपैयाँ सम्म कमाउने बताउछन् ।
सडकपेटीका बेच्न राखिएका खानेकुराहरु स्वास्थ्यका हिसावले कत्तिको गुणस्तरिय छ, यो उपभोक्ता र फास्टफुड संचालकहरुले ध्यान दिने कुरा हो । यता सडकपेटीमा संचालन भइरहेका फास्टफुड सेन्टरको खाना प्रयोग गर्न नहुने डाक्टरहरुको सल्लाह रहेको छ । तर फास्टफुड संचालकहरुले स्वास्थकर खानाको बिक्री गरे अवस्य पनि स्वरोजगारी सृजना हुने देखिन्छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top