AdAd
Ad

गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट

काठमाडौं, ८ पौष । गल्फ लुब्रिकेन्ट्सको काठमाडौंका लागि आधिकारिक बितरक अटो एभ प्रालि ले राजधानीमा मेकानिक्स मिट सम्पन्न गरेको छ । उक्त मेकानिक्स मिटमा दुई पांग्रे सवारी साधनका ८५ जना मेकानिक्सहरु सहभागी थिए ।

कार्यक्रममा नेपाल ल्युव आयल लिमिटेडका बजार प्रबन्धक ऋतुक सलभले गल्फ लुब्रिकेन्ट्सका वारेमा विभिन्न जानकारी गराएका थिए । त्यसैगरी अटो एभका प्रबन्ध निर्देशक मधुसुदन सिग्देलले मेकानिक्सहरुलाई प्रदान गरिने विभिन्न स्किमको वारेमा जानकारी दिए ।

कम्पनीले आ. व. ०७०÷७१ को स्किमबाट ८ जनालाई एलसिडी टिभी र एक जनालाई फ्रिज वितरण गरेको थियो । आगामी आ. व. का लागि पनि विभिन्न स्किमको व्यवस्था गरिएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top