AdAd
Ad

ग्रामिण कृषि महिलाहरुको गुनोसो हामीलाई राज्यले उपेक्षा गर्याे

काठमाडौं, १२ मंसिर । ग्रामिण क्षेत्रमा बसी व्यावसायीक कृषि गर्ने महिलाहरुलाई राज्यले उपेक्षा गर्दै आएको आरोप सरकारलाई लगाइएका छ ।
नेपालमा पहिलो पटक मनाइएको अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा ग्रामिण महिलाद्धारा आयोजित कृषि उपज प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै ग्रामिण महिलाहरुले गाँउमा उत्पादन भएका बस्तुहरुको बजारीकरण, विउ विजकिकरण, सिँचाइ जस्ता समस्याहरुको विषयमा राज्यले ग्रामिण क्षेत्रका महिलाहरुलाई उपेक्षा गर्दै आएको उनहिरुको भनाइ थियो ।
हामीहरुले गरेको व्यवसायमा राज्यको उपस्थिति र लगानी शुन्य मात्रामा छ । जिल्लामा कृषिको नाममा जाने बजेट कहाँ जान्छ ? त्यो बजेटले के काम गर्छ हामीहरुलाई केही थाहा हँुदैन तर बजारमा हाम्रो नाम बिकाउने काम राज्यले गर्दै आएको प्रदर्शनीमा महोत्तरीबाट सहभागी हुन आएकी संगिता ठाकुरले बताईन् ।
कार्यक्रममा बोल्र्दै उद्योगमन्त्री महेश बस्नेतले कृषि उत्पादनलाई अव व्यावसायिकरण संगसंगै औद्योगीकरण गरेर अगाडी जानु पर्ने बताए । नीति निमार्ण तहमा नै महिलाहरुको भुमिका अत्यन्तै न्युन छ त्यसमा पनि ग्रामिण महिलाहरुको त सुन्य अवस्थामा रहेकाले आफ्नो हक अधिकारका लागि महिलाहरु आफै जागरुप हुँदै अगाडी बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।
यस्तै कृषि उपज प्रदर्शनीमा युएनडिपी प्रतिनिधि जेमी एमसी गोल्यरिक्स र नेपालका लागि अस्टेलियाका राजदुत हि ग्रल्नउस्थले नेपालका ग्रामिण महिलाहरुमा शैक्षिक चेतनाको कमीका कारण उनीहरुले बैज्ञानिक रुपमा कृषि उत्पादनलाई अगाडी बढाउन नसकेकाले ग्रामिण क्षेत्रको शिक्षा स्वस्थ्य सुधारमा प्रथामिकता दिर्दै जानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा महिला तथा बालबालिका मन्त्रालयका सचिव धन बहादुर तामाङ्ग, राष्ट्रिय महिला आयोगकी सदस्य विमला राई पौड्याल लगायतकाले ग्रामिण महिलाहरुको समस्या समाधानका लागि राज्यले नीति निमार्णको तयारीमा रहेकाले सबै समस्याहरुलाई समेटेर अगाडी बढ्ने बताएका थिए । कार्यक्रममा डा.गणेश राज जोशीले अहिलेको अवस्थामा नेपाली ग्रामिण कृषक महिलाहरुको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top