AdAd
Ad

ग्लोबल बैंक, बैंक अफ द इयर २०१४ बाट सम्मानित

काठमाडौं, १३ मंसिर । ग्लोबल आईएमइ बैंक लिमिटेड बैंक अफ द इयर २०१४ बाट सम्मानित भएको छ । बेलायतबाट प्रकाशन हुने द बैकर पत्रिकाले बैंकलाई नेपालको तर्फबाट यस वर्षको उत्कृष्ट बैंकको सम्मान दिएको हो । ग्लोबल आईएमइ बैंकको तर्फबाट अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बजं्रचार्यले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । यस बैंकको वित्तीय प्रतिवेदन, नाफा आर्जन, मर्जर पछिको सफलता लगाएत बैंकिङ पहुँच अभिवृद्धिका लागि गरिएका प्रयासहरुको आधारमा बैंक अफ द इयरबाट सम्मानित भएको बैंकले जानकारी दिएको छ । बैंकको हाल ८४ शाखा, ८४ एटिएम र ३१ शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् । बैंकले अष्ट्रेलियमा सम्पर्क कार्यलय स्थापनाको लागि स्वीकृती पाएको छ ।
यस अघि नेपालको तर्फबाट ५ वटा वाणिज्य बैंकहरुले उक्त सम्मान पाइसकेका छन् ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top