AdAd
Ad

चार महिनामा मुल्यवृद्धिदरमा कमी, विप्रेषण आप्रवाहमा सिमान्त सुधार तर व्यापार घाटा थप फराकिलो

काठमाडौं, ४ पौष । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो वर्षको कार्तिक महिनामा मुलुकको मुद्रास्फितिदर ७.२ प्रतिशत रहेको छ । जुन असोज महिनाको तुलनामा ०.३ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोहि महिनामा मुद्रास्फितिदर १० प्रतिशतमा थियो । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्कको आधारमा मुल्यवृद्धिदरमा कमी आए पनि सर्वसाधारणहरुले यसको महसुश नगरेको गुनासो गरेका छन् ।
समिक्षा अवधिमा मुलुकको निर्यात ०.२ प्रतिशतले बढेर २९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यस्तै मुलुकले यस अवधिमा २५६ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । जुन २३.५ प्रतिशतले बढि हो । यता मुलुकको आयात निर्यातलाई तुलना गर्दा व्यापार घाटा २७.४ प्रतिशतले बढेर २२७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै समिक्षा अवधिमा मुलुक भित्रने विप्रेषण अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.८ प्रतिशतले बढेको छ । तर मासिक रुपमा हेर्दा असोज महिनाको तुलनामा कार्तिक महिनामा विप्रेषणको आप्रवाहको वृद्धिदर ७.२ प्रतिशत घटेको छ । कार्तिक महिनामा मुलुकले ६ अर्ब १८ करोड रुपैयाँ शोधानान्तर बचत गरेको छ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top