AdAd
Ad

चीनले भन्सार र कोटारहित वस्तुको सूची बढायो, नेपालले अब ८,०३० वस्तुमा सुविधा पाउने Featured

काठमाडौं, ३० कार्तिक । उत्तरी छिमेकी चीनले अतिकम विकसित देशहरुका वस्तुलाई दिदैं आएको चिनियाँ बजारमा भन्सार र कोटारहित प्रवेशको सुविधा थप १९९ वस्तुमा थप गरेको छ । नेपालले पनि अतिकम विकसित राष्ट्रका रुपमा यो सुविधा उपभोग गर्न मन्त्रिपरिषद्को स्वीकृति लिइ चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भैरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।
चीनले यसअघि ७, ८३१ वस्तुलाई भन्सार तथा कोटारहित बजार प्रवेशको सुविधा दिएको थियो । विकसित देशले अल्पविकसित देशका उत्पादनलाई तिनका बजारमा सहज बजार पहुँचको सुविधा दिने विश्वव्यापार संगठनको हङकङ मन्त्रीस्तरीय सम्मेलनको घोषणा अनुसार चीनले आफ्नो बजार खुला गर्दै लगेको हो । चीनले त्यसतर्फ निकासी हुने अतिकम विकसित देशका अन्य वस्तुमा पनि भन्सारमा दिदैं आएको सहुलियत ९५ प्रतिशतबाट ९७ प्रतिशतमा पु¥याएको छ । नेपालको चीनतर्फ निकासी व्यापार बढाउन यो सुविधा सहयोगी हुने भनिएपनि अन्य गैरभन्सार अवरोधहरुका कारण चीनतर्फको निकासी बढ्न भने सकेको छैन ।
नेपालले गत वर्ष चीनबाट ७८ अर्ब ५६ करोड रुपैयाँको आयात गरेकोमा दुई अर्ब ९८ करोड रुपैयाँ बराबरको निकासी गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top