AdAd
Ad

चीनसँगको बिप्पा सम्झौता ड्राफ्टमा के के छन् त ?

काठमाडौं, १ पौष । सरकारले गत विहिबार चीनसंग लगानी प्रवद्र्धन र संरक्षण सम्झौता (बिप्पा) का लागि पत्रचार गरेको छ । चीनसंग नेपालले गर्ने भनिएको बिप्पामा लगानी प्रवद्र्धन र संरक्षणका लागि विभिन्न बुँदाहरु समावेश गरिएका छन् ।
दुवै मुलुकको लगानी प्रवद्र्धन, संरक्षण र प्रोत्साहनका लागि अनुकूल वातावरण सृजना गरिे नीति, नियम तथा कानून वमोजिम त्यस्तो लगानी स्वीकार गर्ने र अर्को पक्षको लगानीलाई उचित व्यवहार गर्ने बताइएको छ ।
सम्झौता अनुसार लगानीको सुरक्षाका लागि सौविध्यतापूर्ण व्यवहार देखाई आफ्नो देशको लगानीलाई गरे सरहको व्यहार गर्ने उल्लेख गरिएको छ ।
अधिग्रहणको विषयमा एक मुलुकले अर्काे मुलुकको लगानीकर्ताको लगानीलाई भेदभावपूर्ण तरीकाले उचित एवं समन्यायिक क्षतिपूर्ति नदिई कानून वमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अधिग्रहण वा राष्ट्रियकरण नगरिने जनाएको छ ।
नोक्सानी वापतको क्षतिपूर्ति सम्बन्धी विषयमा कुनै पक्षको इलाकामा अर्को पक्षको लगानीकर्ताले युद्ध वा सशस्त्र द्धन्द्ध, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले नोक्सानी व्यहोर्नु परेमा त्यस्तो लगानीको प्रतिस्थापन, हर्जाना, क्षतिपूर्ति वा अन्य सम्बन्धमा आफ्ना लगानीकर्ता वा कुनै तेस्रो मुलुकका लगानीलाई प्रदान गरेको भन्दा कम नहुने गरी व्यवहार गर्ने भएको छ ।
लगानी र सोको प्रतिफल फिर्ता लैजाने व्यवस्थाको हकमा अर्को पक्षको लगानीकर्ताको लगानी रकम, लाभांश आदि अनुचित विलम्ब नगरी फिर्ता लैजान पाउने व्यवस्था मिलाइएको छ ।
यता लगानी गर्ने मुलुकले अर्काे मुलुकमा काममा लगाइएको कर्मचारीहरुलाई आफ्नो प्रचलित कानून वमोजिम प्रवेश गर्न र रहन अनुमति दिने प्रावधान रहेको छ ।
साथै सम्झौताका पक्ष बाहेक अन्य गैर पक्षको व्यक्तिमा लगानीको स्वामित्व वा नियन्त्रण रहेको भए सम्झौता वमोजिमको लाभ दिन इन्कार गर्न सक्ने रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top