AdAd
Ad

छिमेकको लाभांश पारित

काठमाडौं, १९ मंसिर । छिमेक लघुवित्त विकास बैंक लिमिटेडको हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधरणसभाले चुक्तापुँजीको ३५ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । सोहि साधरणसभाले २ बराबर १ हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । बोनस शेयर तथा हकप्रद शेयर जारी पछि बैंकको जारी तथा चुक्तपुजी वृद्धि हुने भएको छ । यस छिमेक लघुवित्त विकास बैंकले मुलुकका ४० जिल्लाहरुमा ७८ शाखा मार्फत् बैंकिङ कारोबार गर्दै आएको छ । बैंकले ग्रामीण, गरिब, विपन्न, पिछडिएका वर्गमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले सानो सामुहिक व्यवसाय संचालन गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । हाल बैंकको २ लाख २१ हजार ९ सय १२ सदस्य संख्या रहेको छ । यस छिमेक लघुवित्त विकास बैंकले वित्तीय कारोबारसंगै छिमेक बजार व्यवस्था कम्पनि, छिमेक समाज संस्था र छिमेक एकेडमी पनि संचालनमा गर्दै आइरहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top