AdAd
Ad

जनताका आकांक्षा पूरा गर्न आर्थिक एजेण्डामा केन्दित हुनुपर्छः डा महत

 

काठमाडौं, २५ मंसिर । अर्थमन्त्री डा रामशरण महतले जनताका आकांक्षाहरु पूरा गर्न मुलुक अब आर्थिक एजेण्डामा केन्द्रित भएर लाग्नुपर्ने बताएका छन् । लमजुङ दुराडाडास्थित श्रीपाणिनी संस्कृत माध्यमिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा ४० औं अभिभावक दिवसका अवसरमा बोल्दै अर्थमन्त्री डा महतले उक्त कुरा बताएका हुन् ।
अहिले साधन र स्रोतको सदुपयोग गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने, ‘खोला नालाबाट बगिरहेको पानीबाट बिजुली निकालेर आफ्नो आवश्यकता पूरा गर्ने र बढी भएको निर्यात गरी व्यापारघाटा घटाउन सरकार प्रयत्नशील रहेको छ ।’ यसका लागि सरकारले दूरगामी महत्वका निर्णयहरु गरेको उनले प्रस्टाए ।
युवाहरुले कामका लागि विदेश जानु नपर्ने चर्चा गर्दै उनले कृषि क्षेत्रमा अपार सम्भावना भएको र युवाहरुलाई रोजगारी दिन सरकारले ६ प्रतिशतको सस्तो व्याजमा कृषि कर्जाको व्यवस्था गरेको जानकारी दिए । ‘पशुपालन र तरकारी उत्पादन गरौं, बजारसम्म जानका लागि मोटरबाटो बनिसकेको छ । अव उत्पादन मात्र गरे पुग्छ,’ उनले भने, ‘अब खेती गर्ने जाँगर चाहिएको छ ।’

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top