AdAd
Ad

जनता बैंकको मुनाफा आर्जन २ करोड १३ लाख

काठमाण्डौं, कार्तिक २५। जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । वैदेशिक विनिमय आर्जनमा घाटा भएर बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा उक्त घाटा व्यहोरेको हो ।
जनता बैंकले समिक्षा अवधिमा १३ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दामी गरेको छ । जबकि बैंकको अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दामी ११ करोड १९ लाख रुपया रहेको थियो । बैंकको खुद व्याज आम्दामीमा आएको वृद्धिले बैंकको व्यवसाय विस्तार भएको मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top