AdAd
Ad

जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष Featured

काठमाडौं, ६ पौष । जलविद्युत लगानी तथा विकास कम्पनीले सर्वसाधरणका लागि जारी गर्न लागेको दुई अर्ब बराबरको दुई करोड कित्ता सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नागरिक लगानी कोषले कम्पनीको एक करोड कित्ता अर्थात् एक अर्ब रुपैयाँ बराबरको शेयरको प्रत्याभूति समेत गरेको छ । सेयर बिक्री तथा निष्काशनका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियार तथा ‘इस्यु म्यानेजर’ का तर्फबाट नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको जलविद्युत् लगानी तथा विकास कम्पनीको अधिकृत पुँजी ५० अर्ब तथा जारी पुँजी १० अर्ब रहेकोमा संस्थापकहरुबाट आठ अर्ब लगानी भएको छ । कम्पनीको संस्थापकमा अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, कानून मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट पाँच अर्ब तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट एक–एक अर्बका दरले तीन अर्ब लगानी रहेको छ । कम्पनीले जारी गर्न लागेको दुई अर्ब बराबरको सेयर निष्काशनपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्छ ।

कम्पनीले २३ देखि ८२ मेगावाटसम्मका छ ओटा जलविद्युत् आयोजनाहरुमा विभिन्न बैंकहरुको नेतृत्वमा सहवित्तियकरण अन्तर्गत पाँच ओटा आयोजनाहरुको वित्तिय व्यवस्थापन सम्पन्न भैसकेको छ । त्यस्तै, विश्व बैंकबाट नेपाल सरकारलाई ३७.६ मेगावाट क्षमताको कावेली–ए जलविद्युत् आयोजनालाई प्राप्त हुने चार करोड अमेरिकी डलर अर्थात् चार अर्ब नेपाली रुपैयाँ पनि यसै कम्पनीमार्फत् हुने व्यवस्था गरिएको छ । यस कम्पनीको प्रवद्र्धकका रुपमा रहेको ट्रान्समिसन कम्पनी लिमिटेडमा १४ प्रतिशत सेयर लगानी गरेको छ । कम्पनीमा ऋण लगानीका लागि थप प्रस्तावहरु आइरहेको र ती प्रस्तावहरु अध्ययनको क्रममा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीलाई आवश्यक पुँजीका लागि बैंकले हालै एसियाली विकास बैंक (एडीबी)सँग ८ करोड अमेरिकी डलर अर्थात् आठ अर्ब रुपैयाँको सहुलियत ऋणका लागि प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले स्थापनादेखि नै नाफा कमाउँदै शेयरधनीहरुलाई पाँच प्रतिशतका दरले प्रतिफल प्रदान गर्दै आइरहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top