AdAd
Ad

जाडोका कपडामा १५ देखी ४० प्रतिशत सम्म मुल्य बृद्धि

काठमाण्डौं, मंसिर ३ । जाडो मौसममा अत्याधिक प्रयोग हुने ज्याकेट स्वईटर लगायतका कपडामा यो वर्ष गत बर्ष भन्दा १५ देखी ४० प्रतिशत सम्म मुल्य बृद्धि हुने भएको छ ।
नेपालमा जाडो मौसमका कपडाहरु चिन, थाईल्यान्ड, दक्षिण कोरिया, भारत लगायतका देशहरुबाट आयात गरिर्दै आएको छ ।
सामान्यत नेपाली बजारमा बढी बिक्रि हुने मोजा पञ्जा देखि कम्मल ब्याङकेट सम्मका कपडाको मुल्य बढेको हो । मुल्य बढेको मध्येमा स्वाईटर, ज्याकेट हुट मा ब्राण्डअनुसार १५ देखी ४० प्रतिशत , सर्ट, पाईन्टमा १० देखी ३० प्रतिशत सिरक, डसना , ब्याल्ङकेटमा ५ देखी २० प्रतिशत मोजा, पन्जा, टोपिमा ५ देखि २० प्रतिशत सम्म मुल्य बृद्धि भएर बजारमा आएको व्यापारीहरु बताउँछन् ।
नेपालमा भित्रने जाडोको कपडा मध्ये ५० प्रतिशत भन्दा बढी चिनबाट आयात गरिन्छ । चिनिया बजारमा नै तयारी पोशाकको मुल्य बृद्धि भएको र नेपाल आयात गर्दा ढुवानि भाडामा पनि गत वर्ष भन्दा केही बृद्धि भएकाले कपडाको मुल्य बढेकोे व्यापारीहरु बताउँछन् । गत बर्षको तुलनामा यो वर्ष कपडाको मुल्य बृद्धिदर समेत कम रहेको व्यापारीहरुको भनाई छ । गत वर्ष यो समयमा जाडो मौसमको कपडाको मुल्य बृद्धि दर २० देखी ६० प्रतिशत सम्म थियो अहिले केही कम भएको छ । काठमाण्डौको महाबौद्धमा कपडाको होलसेल कारोबार गर्ने व्यापारी रामकृष्ण श्रेष्ठ बताउछन् ।
नेपालमा चिन बाहेक भारत, थाईल्याण्ड, सिङगापुर, दक्षिण कोरीया लगायतका देशहरुबाट पनि कपडा आयत गरिर्दै आएपनि चिनको भन्दा तुलनात्मक रुपमा बढी महङ्गो हुने भएकाले ग्राहकहरुको रोजाईमा अन्य देशको कपडा भन्दा चिनेकै कपडाको बजार राम्रो रहेको व्यापारीहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top