AdAd
Ad

जाडोयाममा खाना पकाउने ग्यासको अभाव, आयल निगम र व्यावसायी बिच बढ्यो विवाद Featured

शैलेन्द्र मिश्र, ३ पौष । खाना पकाउने एलपीजी ग्यास अभाव भएको छ । जाडो मौसम सुरुभएसंगै साविक भन्दा २० प्रतिशत बढी ग्यासको माग हुने गरेको छ । अहिले बजारमा माग भन्दा करीब ४० प्रतिशत कम ग्यास आयात भएको नेपाल ग्यास व्यावसायी महासंघको अध्यक्ष शिव प्रसाद घिमिरेले बताएका छन् ।
यता नेपाल आयाल निगमले भने अघिल्लो महिना नियमित आयात भन्दा करिव ३ हजार मेक्ट्रिक टन ग्यास कम आयात भएकाले र बरौनी नाकामा ग्यास प्लान्टको मर्मत सम्भार भै रहेकाले अहिले अभाव देखिएको बताएको छ । यो अभाव क्षणिक हो अबको तीन दिन पछि अघिल्लो महिनाको आयात गर्न बाँकी ३ हजार मेक्ट्रिक टन ग्यास आयात भएसंगै यो अभाव हराएर जाने नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेको बताए । नेपाल आयल निगमले भारतबाट मासिक २२ हजार ३ सय ७७ मेक्टिकटन ग्यास आयात गर्दै आएकोमा हाल करिव २० देखी २५ प्रतिशतले कम परिमाणमा ग्यास आयात गरिएको व्यावसायीहरुको आरोप रहेको छ ।
यस्तै ग्यास उत्पादक व्यवसायी र नेपाल आयाल निगम बिच गत भदौ २० गते भएको सम्झैतालाई लिएर विवाद बढ्दै गएको छ । भदौ २० गतेको सम्झैतामा सरकार, आयल निगम र ग्यास उत्पादक व्यवसायीहरु बिच ग्यासको आयात परिमाणलाई बढाउँदै लैजाने सहमती भएको व्यवसायीहरुको भनाइ रहेको छ । यता आयल निगमले भने ग्यास आयात र बजारीकरणका विषयमा अध्यायन टोली बनाएर टोलीको प्रतिवेदन अनुसार ग्यासको आयात बढाउनु पर्ने नपर्ने विषयमा निर्णय गर्ने बताउँदै आएको छ ।
सरकारले पेट्रोलियम पदार्थको आयातमा बार्षिक १३ प्रतिशतले वृद्धि गदै लगेपनि विगत ४ वर्ष देखि ग्यास आयातको परिमाणलाई नबढाएको र ग्यासको माग प्रतिवर्ष १३ प्रतिशतले बढ्दै गएको कारण अहिलेको ग्यास अभाव हुनुको मुख्य कारण रहेको अध्यक्ष घिमिरेको भनाइ रहेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको साथै ग्यासको पनि भाउ घट्दै गएको अवस्थामा नेपाल आयाल निगमले भने तत्कालका लागि ग्यासको भाउमा परिमार्जन गर्ने विषयमा कुनै तयारी नभएको बताएको छ । नेपाल आयाल निगमले खाना पकाउने ग्यासमा हाल प्रति सिलिन्डर २ सय ९० रुपैँया ६७ पैसा घाटा व्यहोर्दै आएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top