AdAd
Ad

डलर फेरी एक सय माथी Featured

काठमाडौं, १ पुष । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भई विनिमयदर पुनः एक सय रुपैयाँबाट उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार प्रति अमेरिकी डलर बिक्री मूल्य एक सय रुपैयाँ एक पैसा छ । तर वाणिज्य बैंकहरुमा त्यो भन्दा केही माथि नै कारोबार हुन्छ ।
यसअघि २०७० भाद्र १३ मा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भई १०८ रुपैया ९० पैसामा कारोबार भएको थियो । भारतमा पेट्रोलियम आयातकर्ताले बढी डलर माग गरेका कारण भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर बन्दै गएको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर स्वतः नेपाली रुपैयाँमा पर्छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसित स्थिर विनिमयदर कायम गरिएको छ ।
डलर बलियो हुँदा नेपालले आयातमा बढी गुमाउनुपर्ने हुन्छ । त्यस्तै, शिक्षाका लागि बाहिर जाने नेपाली विद्यार्थीले लैजाने रकमको आकार पनि ठूलो हुन्छ । विदेशी कम्पनीमार्फत् जाने लाभांश फिर्ता तथा नेपालमा सञ्चालित विदेशी एयरलाइन्स कम्पनीहरुले बेच्ने टिकटको दर नेपाली रुपैयाँमा बढी हुन जान्छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणले डलरमा गरेको विद्युत् खरिद सम्झौतामा प्राधिकरणले बढी नेपाली रुपैयाँ खर्च गर्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण पक्ष डलर महँगिदा सरकारले तिर्ने विदेशी ऋणको साँवा÷ब्याज महँगो पर्न जान्छ ।
अर्कोतर्फ, नेपाली निर्यातकर्ताहरुले निर्यातबाट बढी कमाउन सक्छन् भने रेमिट्यान्स नेपाली रुपैयाँमा विनिमय गर्दा बढी नेपाली रुपैयाँ पाइन्छ । यसअघि पनि डलर बलियो हुँदा रेमिट्यान्सको आप्रवाह बढेको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top