AdAd
Ad

डलर महंगीएकाले सुन महंगो तर अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य थप घट्ने

काठमाडौं, २ पौष । बुधबार स्थानिय बजारमा सुन प्रतितोला अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँले बढेको छ । बुधवार स्थानिय बजारमा सुन प्रतितोला ५२ हजार चार सय रुपैयाँ कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सनुको मुल्य घट्ने क्रममा रहेपनि स्थानिय बजारमा डलर महंगिएकाले सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘अहिले अन्तराष्ट्रिय बजारमा शेयर र सुन दुवै तर्फ लगानीकर्ताहरुको आकर्षण घट्दै गएको छ,’ उनले भने ‘यता डलरको तुलनामा अन्य मुद्रा बलियो बन्दै गएको छ ।’ यता भारतिय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएकाले हामी कहाँ सुन महंगो भएको हो शाक्य बताउँछन् । तर अन्तर्राष्ट्रिय बजारमा सुन अझै ओरालो लाग्ने उनको भनाइ रहेको छ ।
भारतले सुन आयातलाई निरुत्साहित गर्न सुनको भन्सार बढाएको छ । भारतले प्रति दश ग्राम सुन आयातको भन्सार मुल्य ३८८ डलर बाट ३९१ डलर पु¥याएको छ । भारतले समायोजन गरेको नयाँ भन्सार दरको कारण नेपालमा सुनको भन्सार दर समायोजन गर्न आवश्यक नभएको जानकारी शाक्यले दिएका छन् । ‘भारतले आगामी बजेटमार्फत सुनको भन्सार दरलाई घटाउने योजनामा बनाएको छ, त्यतीबेला चाँही उताको मुल्य अनुसार हामी कहाँ पनि समायोजन गर्न पर्छ,’ उनले भने ।
स्थानिय बजारमा सुनको मुल्यमा आएको उतारचढापले सुन व्यापारमा अपेक्षा अनुरुपको बिक्रि नभएको व्यवसायीहरुको गुनासो रहेको छ । साथै गत महिना विवाहको साइत एक दिनमात्र भएकाले पनि सुनको बिक्रीको चापमा कमी आएको व्यवसायीहरुको धारणा रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top