AdAd
Ad

तनहुँ उद्योग बाणिज्य संघको अध्यक्षमा पण्डित विजयी महासचिवमा मिश्रलाई ल्याउने तयारी ।

 

काठमाडौं, २८ मंसिर । तनहुँ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा तथा १४ औँ महाधिवेशनबाट उद्यामी तथा व्यावसायी कृष्णराज पण्डित निर्वाचित भएका छन् ।
शनिवार भएको निवार्चनमा निवर्तमान प्रथम उपाध्यक्ष कृष्णराज पण्डित र महासचिव पविन्द्र कुमार श्रेष्ठ अध्यक्षका प्रत्याशीका रुपमा चुनावी मैदानमा उत्रिएकोमा श्रेष्ठलाई ९ सय ७ मले पछि पार्दै पण्डित विजयी भएका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा ईश्वर कुमार विष्ट विजयी भएका छन् भने दृत्तिय उपाध्यक्षमा र कोषाध्यक्षमा बिष्णु कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका थिए ।
बस्तुगत तर्फबाट जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्बर बहादुर कँुवर एसोसिएट तर्फ बैकल्पीक उर्जाका प्रालि तनहुँका प्रमुख प्रकाश चन्द्र सुवेदी सर्वसम्मत निवार्चित भएका छन् ।
यस्तै मनोनित महासचिवमा तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाइका निर्वतमान अध्यक्ष बैकुष्ठ मिश्रलाई ल्याउने तयारी भैरहेको बुझिएको छ ।
निर्वाचनमा कुल २ हजार ३ सय नै मत खसेकोमा ७२ मत बदर भएको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top