AdAd
Ad

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले महशुश गर्ने सुधार भयो

काठमाडौं, ४ पौष । विमानस्थलमा भइरहेको भौतिक पुर्वाधार तथा विमानस्थल व्यवस्थापनमा यात्रुहरुको गुनासो बढ्दै गएको कारणले भौतिक पुर्वाधारको निर्माण तथा व्यवस्थापनमा सुधार गर्न लागिएको विमानस्थलका महाप्रबन्धक विरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । विमानस्थल संचालन तथा व्यवस्थापन सुधारका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब २० करोड रुपैयाँ छुट्टाइएकोमा यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको महाप्रबन्धक श्रेष्ठले बताए । यो आर्थिक वर्षमा पुरानो स्केलेटरलाई हटाएर नयाँ स्केलेटर, विमानस्थल परिसरमा अत्याधुनिक बत्तिहरु जडान, भुइमा कारपेटिङ गर्ने, बस्नका लागि पर्याप्त मात्रामा कुर्सिहरु तथा एयर कन्डिशन जडान गरिने उनले भने ।
यस्तै व्यागेज संकलनका लागि पनि नयाँ कन्भेयर बेल्ट जडान गरिने बताइएको छ । पुरानो कन्भेयर बेल्टका कारण समयमा नै सामान चेकजाँच भएर नआउने भएकोले परिवर्तनका लागि चाँडै नै टेन्डर आह्वहान गर्न लागिएको महाप्रबन्धक श्रेष्ठले बताए । यो सुधारसंगै त्रिभुवन विमानस्थलको सेवामा यात्रुहरुले फरक अनुभव गर्ने उनको दाबी रहेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दैनिक ३ सय भन्दा बढि उडान भर्दै आएको त्रिभुवन विमानस्थललमा जहाज उड्दा र आउँदा प्रयोग गरिने एउटै रनवेका कारण पनि समस्या भएको छ । समानान्तर रनवे वा अर्को विमानस्थल वैकल्पिक उपाय अन्तरगत पर्दछ । भैरहवा र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी समयमा नै सन्२०१७ सम्ममा संचालनमा ल्याउन सके यहाँको चाप कम हुने धारणा उनको छ ।
त्रिभुवन विमानस्थलमा जहाज पार्किङका लागि थप एउटा पार्किङ स्थल निर्माण (बे)े निर्माणको काम पनि यहि आर्थिक वर्षमा सुरु हुने बताइएको छ । हाल विमानस्थल क्षेत्रमा ९ वटा अन्तर्राष्ट्रिय जहाजका लागि बे र आन्तरिक जहाजका लागि ३० वटा बे रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दिगो विकासका लागि सन् २०२८ सम्मको गुरुयोजना बनाएर काम गरिरहेको बताइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top