AdAd
Ad

दक्ष कालिगढहरुको अभावले रु.२ हजारको चाँदीको सिक्का माग अनुरुप निष्काशन भएन

काठमाडौं, २५ मंसिर । नेपालमा सम्पन्न भएको १८औं सार्क शिखर सम्मेलनमा नेपाल राष्ट्र बैंकले रु.२ हजारको चाँदीको सिक्का सार्वजनिक गरेको थियो । दक्षिण एसियाली क्षेत्रिय संगठन सार्कको चिन्ह अंकित सिक्का केन्द्रिय बैंकले निष्काशन गरेको हो ।
केन्द्रिय बैंकले उक्त सिक्का ३ हजार वटा निष्काशन गर्ने भने पनि करिब दुई सयको हाराहारीमा मात्रै निष्काशन गरेको छ । ‘दक्ष कालिगढहरुको अभावका कारण तोकिए बमोजिमको सिक्का निष्काशन गर्न सकेनौं,’ केन्द्रिय बैंकको प्रवक्ता मनमोहन श्रेष्ठले बताए । ‘सोही कारण हामी करिब दुई सय जति सिक्का मात्र निष्काशन गर्न सामर्थ भयौं ।’ सार्क शिखर सम्मेलनका क्रममा हामीले अतिथीहरुलाई वितरण गर्यौं श्रेष्ठले भने ।
केन्द्रिय बैंकले निष्काशन गरेको उक्त सिक्कामा गौतम बुद्धको चित्र राखिएको छ । यस सिक्काको तौल २५ ग्राम रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top