AdAd
Ad

धेरै पछि शेयरबजार हरियो, लगानीकर्ताहरु उत्साहित

काठमाडौं, २४ मंसिर । बुधबार नेप्से परिसुचक ६.७८ अंकले वृद्धि भई ८५५.५१ अंकमा पुगेको छ । शेयरबजारमा झण्डै ७ अंकको वृद्धिले लगानीकर्ताहरु उत्साहित भएको देखाएको छ । यता बजारमा वृद्धि आए पनि करोबार रकममा भने गिरावट आएको छ ।
बुधबार १३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारको समयमा ११९ कम्पनीहरुको ३ लाख ६२ हजार ५७७ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसुचकसंगै अन्य सुचकहरुमा समेत वृद्धि भएको छ । बुधबार बजार वृद्धि गराउन वीमा समुह र जलविद्युत समुहको योगदान अधिक रहेको छ । वीमा ३० र जलविद्युत १६.९४ अंकले बढेको छ । यस्तै बैंकिङ ८.२२, होटल ८.११, उत्पादन ३.०२ र विकास बैंक २.६ अंकले बढेको छ । यता अन्य समुह भने स्थिर रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top