AdAd
Ad

निक्षेप बोलकबोलबाट राष्ट्र बैंकले पाँच अर्ब प्रशोचन गर्ने

काठमाडौं, १५ मंसीर । नेपाल राष्ट्र बैंकले निक्षेप बोलकबोलबाट बैंक तथा वित्तिय संस्थाहरुबाट पाँच अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले तरलता प्रशोचनका लागि निक्षेप बोलकबोलको नयाँ औजार चालु आर्थिक वर्ष २०७१÷७२ को मौद्रीक नीतिमार्फत् ल्याएको थियो ।

यसअघि प्रचलनमा रहेको अल्पकालीन तरलता प्रशोचन उपकरण रिपोले बैंक÷वित्तिय संस्थाको अधिक तरलताको समस्या समाधान गर्न नसकेपछि नयाँ औजार ल्याइएको हो । यसअघि राष्ट्र बैंकले गत भदौ ४ मा ९० दिनका लागि बोलकबोल निक्षेप मार्फत् बैंक÷वित्तिय संस्थामार्फत् २० अर्ब रुपौषँ खिचेको थियो ।
निक्षेप बोलकबोल विधिमा बैंक÷वित्तिय संस्थाबाट संकलन हुने उक्त निक्षेपको ब्याजदर बोलकबोलमार्फत् तय हुन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top