AdAd
Ad

निर्माण व्यावसायी महासंघको अध्यक्षमा शरदकुमार गौचन विजयी

काठमाडौं, १ पौष। नेपाल निर्माण व्यावसायी महासंघ १७ औँ अधिवेशबाट केन्द्रिय अध्यक्षमा शरदकुमार गौचन विजयी भएका छन् । गत आईतबार सम्पन्न चुनावमा शरदकुमार गौचन,रवि सिंह र हुमनाथ कोइराला प्यानलसहित अध्यक्षका प्रत्याशीका रुपमा चुनावी मैदानमा रहेका थिए । अध्यक्ष यस अघि महासंघका महासचिव थिए ।
देशभरीका झन्डै ७ सय जना प्रतिनिधिहरुले भोट खसालेको उक्त अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा भाईकाजी श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा निकोलस पाण्डे, निर्वाचित भएका छन् । यस्तै अञ्चल उपाध्यक्षहरुमा क्रमशः पुर्वाञ्चलबाट तेजकुमार कुरुङवाङ, मध्यमाञ्चलबाट पेम्वा लामा शेर्पा, पश्चिमाञ्चलबाट रुद्र प्रसाद शर्मा, मध्य पश्चिमाञ्चलबाट लक्ष्मण कुमार राना र सुदुर पश्चिमाञ्चलकोबाट भिम बहादुर साउत निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा रामशरण देउजा विजयी भएका छन् भने उप महासचिवमा विष्णु वुढाथोकी विजयीभएका छन् । सर्वसहमतीको प्रयास गर्दै निर्धारित समय भन्दा एक दिन ढिलो गरी भएको चुनावमा आएका पदाधिकारी तथा पुर्ण कार्यसमितीका सबै प्यानलबाट प्रतिनिधित्व भएको देखिन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top