AdAd
Ad

निर्यात नबढाई प्रगति हुँदैनः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले सो बिचार व्यक्त गरेका हुन् । उनले भने, अहिले निर्यातको युग हो ।

नेपालले पनि निर्यात बृद्धिका लागि भारतसँग बिद्युत व्यापार सम्झौता गरी बिद्युत उत्पादनलाई जोड दिएको उनको भनाई थियो । अर्थमन्त्री डा महतले नेपालले जलबिद्युतको निर्यात गरी आम्दानी बढाउन सक्ने बताए । उनले जलबिद्युतको विकासका लागि सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न थालिसकेको जानकारी दिए ।

विदेशी मुद्रा कमाउने मुलुक नै आगामी दिनमा प्रगति पथमा जाने भन्दै सरकारले जलविद्युत र पर्यटनबाट विदेशी मुद्रा कमाउने र कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन गरिने उल्लेख गरे । बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा पनि घटाउन सकिने उहाँको भनाई थियो ।
लगानी बढाउन शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा भएर आउने जानकारी दिदै उनले भने, लगानीलाई कतैबाट पनि अवरोध हुनु हुँदैन । लगानीको सुरक्षाका लागि अब राज्यले कडा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।
मोहोरबाट बि.सं. २०४८ सालमा स्थापित बिकु बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब १ अर्बको निक्षेप परिचालन गरिरहेको र करिब १५ हजार सेयरधनीहरुलाई सेवा पु¥याइरहेको जानकारी दिइएको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top